Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पवित्रहाङ्मा कप : उपाधिको लागि डिफेन्डिङ च्याम्पियन माङ्सेबुङ र दमक भिड्ने

पवित्रहाङ्मा कप : उपाधिको लागि डिफेन्डिङ च्याम्पियन माङ्सेबुङ र दमक भिड्ने

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन २ २०७७


पवित्रहाङ्मा कप : उपाधिको लागि डिफेन्डिङ च्याम्पियन माङ्सेबुङ र दमक भिड्ने

इलाम । ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन एपीएससी माङ्सेबुङ र रोयल स्र्पोटिङ क्लब दमक प्रतिस्पर्धा गर्ने भएका छन् । माङ्सेबुङ–५ स्थित आत्मानन्द खेलमैदानमा शनिबार भएको सेमीफाइनल खेलमा बिजयी बन्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमीफाइनल खेलमा दमकले धरान फुटबल क्लब सुनसरीलाई २–१ गोल अन्तरले पराजित ग¥यो । दमकको जीतमा दिपा शाहीले १ गोल गरिन् । १ गोल उपहारको रुपमा पाएको थियो । खेलको ५ औ मिनेटमा दिपाले आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाइन् । २९ औ मिनेटमा सोनाली लिम्बुले आत्घाती गोल गरिन् । दमकका खेलाडीको फ्रिकिक प्रहार सोनालीले हेडर मार्फत क्लियर गर्न खोज्दा आफ्नो पोष्टको जाली चुम्यो ।

दोश्रो हाफको ७ औ मिनेटमा बविता विकले धरानको लागि गोल गरेपनि जीतका लागि पर्याप्त भएन् । खेलको वुमन अफ दी म्याच धरानकी सुस्मीता राई घोषित भएकी थिइन । दोश्रो खेलमा माउण्ट एभरेष्ट स्र्पोटिङ क्लब चतरालाई २–० गोल अन्तरले हराउँदै माङ्सेबुङले समेत फाइनलमा स्थान बनाउन सफल रहयो ।

लक्ष्मी ठटालले खेलको तेश्रो मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् । दोश्रो हाफको २ मिनेटमा पुनः लक्ष्मीले गोल गर्दै टिमको जीत सुनिश्चित गराइन् । खेलको वुमन अफ दी म्याच चतराकी गंगा राई घोषित भईन ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन । फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, गाग्री भर्ने, माला उन्ने, चम्चा दौड, कराते लगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।

पुरस्कार किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ । म्याराथुनमा प्रथम हुनेले ५ हजार १ सय ६५, दोस्रोले ४ हजार १ सय ६५, तेस्रोले ३ हजार १ सय ६५ र सान्तवना हुनेले २ हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार