Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

महमाई गोल्डकप : जोरखोला, शिवपोखरी र चिसापानी बिजयी

महमाई गोल्डकप : जोरखोला, शिवपोखरी र चिसापानी बिजयी

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ २९ २०७७


महमाई गोल्डकप : जोरखोला, शिवपोखरी र चिसापानी बिजयी

माई । इलामको माइ नगरपालिका–७ स्थित कपरसुका खेलमैदानमा जारी प्रथम महमाई खुल्ला नकआउट पुरुष तथा महिला गोल्ड कप २०७७ अन्र्तगत आजको खेलमा जोरखोला, शिवपोखरी र चिसापानी बिजयी भएका छन् । पुरुष फुटबल अन्र्तगत पहिलो खेलमा खुदुनाबारीलाई १–० गोल अन्तरले हराउँदै जोरखोला अन्तिम १६ मा प्रवेश गरेको छ ।

दोश्रो खेलमा कन्काईलाई ५–३ ले हराउँदै शिवपोखरीले समेत अन्तिम १६ को यात्रा तय ग¥यो । महिला तर्फको खेलमा चिसापानीले जोरखोलालाई २–० गोल अन्तरले हरायो । फागुन ७ गते हुने फाइनलमा पुरुष तर्फको बिजेताले नगद ३१ हजार र उपबिजेताले नगद १५ हजार प्राप्त गर्नेछ ।

महिला तर्फ बिजेताले नगद १५ हजार उपबिजेताले नगद ७ हजार रपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता तरुण दल वडा नं ७ को आयोजना र महमाई एकता क्लबको सह आयोजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार