Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

महमाई गोल्डकप : सितली र महमाई बिजयी

महमाई गोल्डकप : सितली र महमाई बिजयी

  • तेजबहादुर घिमिरे
  • मंगलबार, माघ २७ २०७७


महमाई गोल्डकप : सितली र महमाई बिजयी

माई । इलामको माई नगरपालिका ७ स्थित कपरसुक्का खेलमैदानमा जारी महमाई गोल्डकपमा मंगलबारको खेलमा सितली र महमाई बिजयी भएका छन् । प्रतियोगिता अन्र्तगत पहिलो खेलमा सितलीले चुलाचुलीलाई २–० ले हरायो । सितलीको जीतमा निकेश श्रेष्ठ र सरोज श्रेष्ठले गोल गरे ।

जीतसंगै सितली शिर्ष १६ मा प्रवेश गरेको छ । त्यसैगरी दोश्रो खेलमा दिपज्योती चेप्टीलाई टाइब्रेकरमा ५–३ ले हराउँदै महमाई–५ ले समेत प्रि–क्वाटरफाइनल यात्रा तय ग¥यो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । महिला तर्फको आजको खेलमा पलाँसेलाई ३–० गोल अन्तरले हराउँदै पखेरे क्वाटरफाइनल प्रवेश गरेको छ ।

तरुण दलको आयोजना र महमाई एकता क्लबको सह आयोजनामा माघ २२ देखि जारी प्रतियोगिताको पुरुष तर्फबाट ३२ टिम र महिला तर्फबाट १३ टिम को सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष तर्फको बिजेतालाई नगद रु ३१ हजार र उपबिजेतालाई नगद १५ हजार तथा महिला बिजेतालाई नगद १५ हजार उपबिजेतालाई नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

फाल्गुन ७ गते प्रजातन्त्र दिवसको दिन फाइनल सम्पन्न गरिने भएको छ । कार्यक्रममा सम्मान तथा विभिन्न साँस्कृति कार्यक्रमको साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार