इलाम । राष्ट्रिय महिला लिग फुटबलमा आज ९सोमबार० एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।
अघिल्लो खेलमा दुवै टोलीले फराकिलो गोल अन्तरको पराजय भोगेका थिए। चौदण्डीगढी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६–० ले पराजित भएको थियो। यस्तै चन्द्रपुर पनि एपीएफ क्लबसँग ६–० ले पराजित भएको थियो। अंक विहिन रहेको दुवै टोली दोस्रो खेलमा जित निकाल्दै अंक बटुल्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।
रोजिना श्रेष्ठको कप्तानीमा उत्रिने चन्द्रपुरमा नेपालको यु–१६ र यु-१९ राष्ट्रिय टोलीका सदस्यहरूको बाहुल्यता रहेको छ। यसैगरी चौदण्डीगढीमा प्रदेश(१ टीमबाट खेलेका केही खेलाडीहरू समावेश भएका छन्। दुवै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छैनन्।