Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

युवा क्रिकेटरलाई प्रोत्साहन गर्न ’96’ ट्रफी

युवा क्रिकेटरलाई प्रोत्साहन गर्न ’96’ ट्रफी

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ ११ २०७७


युवा क्रिकेटरलाई प्रोत्साहन गर्न ’96’ ट्रफी

इलाम । युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ नाइन्टी सिक्स ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ । नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले नेपाली क्रिकेटकै सबैभन्दा लामो प्रतियोगिता आयोजना गर्ने भएको हो । १२२ दिन सम्म चल्ने प्रतियोगितालाई नेपालले अन्तराष्ट्रिय क्रिकेटमा पाइला हालेको बर्ष सन् १९९६ को सम्मानमा नामाकरण गरिएको छ ।  १९ बर्ष मुनिका खेलाडीहरु बिच दुई दिने क्रिकेट अवधारणामा सातै प्रदेशमा खेलाइने छ ।

‘सामान्यतया यो प्रतियोगिता भन्दा पनि सिजन हो । सात वटा प्रदेशमा १२२ दिनसम्म २ दिवसीय ढाँचामा क्रिकेट हुनेछ । खेल सेतो जर्सी र रातो बलले खेलिनेछ ।’ नाइन सिक्स इभेन्ट्स प्रालिका अध्यक्ष अमित पोखरेलले भने । प्रदेश ५ र प्रदेश ६ को एकै प्रादेशिक क्रिकेट बोर्ड रहेका कारण दुवै प्रदेशमा संयुक्त प्रतियोगिता सञ्चालन गरिनेछ । प्रत्येक प्रदेशको बिजेताले राष्ट्रिय स्तरको फाइनल खेल्नेछन् ।

प्रत्येक प्रदेशले आठ क्लब वा एकेडेमीलाई सहभागि गराउन सक्नेछन् । ‘यसरी खेलाउदा हामीले पहिलो सिजनमा कम्तिमा ४८ टोलीहरुलाई खेलाउन सक्नेछौं र आशा छ टिमहरुको संख्या आगामी बर्षहरुमा थपिदै जानेछन्’ कम्पनीका प्रबन्ध निर्देशक रोशन धितालले भने । हरेक सिजन फागुन महिनामा शुरु हुने र पहिलो संस्करण माघ २०७८ मा सम्पन्न हुने जनाइएको छ ।

प्रतियोगिताको बिजेता टोलीले २ लाख ५० हजार र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । म्यान अफ द सिरिजले २५ हजार पाउने छन् भने उत्कृष्ट बलर र ब्याट्समेनले १० हजार प्राप्त गर्नेछन् । पहिलो संस्करणको पहिलो सिजन फागुन १२ देखि प्रदेश १ मा शुरु हुनेछ । प्रदेश १ को प्रतियोगिताका लागि धेरै ८ क्लब वा एकेडेमीको सहभागिता रहनेछ । पहिलो सिजनका खेलहरु झापा र मोरङ्गमा हुनेछ । फाइनल फागुन २२ र २३ गते मोरङमा हुनेछ । प्रदेश २ को सिजनका बारे बिस्तृत जानकारी पहिलो सिजनको समाप्तिपछि दिइनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार