फिक्कल । इलामको सूर्योदय नगरपालिकाले यस बर्ष पनि गुनासो चौतारी कार्यक्रम शुरु गरेको छ । सूर्योदय नगरपालिकाले बिगत ३ बर्ष देखि गर्दै आएकोे गुनासो चौतारी कार्यक्रम शुक्रबार वडा नं ८ मा सम्पन्न भएको छ । वडाध्यक्ष सुभाष राईको अध्यक्षता नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय बासीले वडा तथा नगरका बिभिन्न सवालमा आफनो जिज्ञासा राखेका थिए ।
स्थानीय पदम गिरीले अकबरे खोर्सानी खेतिमा पछिल्लो समय निक्कै समस्या आएको बोट कुहिने लगायतका कारण किसान मारमा परेको भन्दै प्राविधिक सेवाको माग गरेका थिए । कोरोनाका बेला सकंलन गरिएको खाद्यन्न किन कुहिएर पुर्नु पर्ने अवस्था र अनुदानमा दिएका सामाग्रीहरुको सहि प्रयोग भए नभएको बारे अनुगमन गर्नु पर्ने माग गरे ।
अर्का स्थानीय राजेन्द्र तोलाङगेले नगरपालिकाले धेरै सकारात्मक कार्य भएको भन्दै जारी राख्न आग्रह गरे । उनले हरेक टोलमा टोल सुधार समिति समक्ष स्थानीयबासीहरु बिभिन्न प्रश्न गर्ने गुनासो राख्ने तर यस्ता गुनासो सुन्ने चौतारीमा आउन भने आनाकानी गर्ने गरेको गुनासो गरे। विकासका कार्यहरुलाई पार्दशी बनाउन आग्रह गर्दै सडक निमार्ण लगायतका काम बर्षायाम अगाडी नै गर्न सुझाव दिए । वडा न ८ को स्वास्थ्य केन्द्रका जग्गा दाता समेत रहेका उनले केन्द्रमा कर्मचारीलाई बस्ने टेबल कुर्सी समेतको ब्यवस्थापन हुन नसक्दा सेवा प्रभावाकारी हुन नसेकोमा नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।
सिद्ध आधारभुत बिद्यालयका शिक्षक हरि प्रसाद ढुङगेलले आफनो बिद्यालयमा ६० जना बिद्यार्थी भएको भए पनि शिक्षक दरबन्दी २ जनाको मात्रै भएकोले थप गर्न माग राखे । स्थानीय तारा कुमार प्रधानले स्थानीयबासीले २२ रोपनी जग्गा उपलब्ध गराएको र सो जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निमार्णमा यथासिघ्र कदम चाल्न नगरप्रमुख राईलाई आग्रह गरे।
यस्तै कार्यक्रममा स्थानीय दिलिप श्रे्ष्ठले पेट्रोल पम्प छेउमा उपलब्ध जग्गामा बसपार्क बनाउन किन ढिलासुस्ती भयो भन्ने बारेमा प्रश्न राखेका थिए । चिया क्षेत्रमा सक्रिय ख्यामराज प्रधानले चिया क्षेत्रमा नगरले सकारात्मक कार्य गरेको र चिया क्षेत्रमा भएका निर्णहरु यथासिघ्र कार्यान्वयन पहल गर्न आग्रह गरे ।
आफनो वडामा मात्रै ९ हजार बोरा मलको माग भएको तर मुस्किलले १२० बोरा पनि युरीया डिएपी पोटास लगायतका मल नपाएकोले मल खाद्य सहि समयमा किसानलाई दिन सके मात्रै चिया लगायतका बाली उत्पादन राम्रो हुने भएकोले त्यसतर्फ सचेत बन्न अपिल गरे ।
कमल कठेतले वडा कार्यलयमा आउने बाटो निक्कै बिग्रेको र बजेट फरफारक झन्झटिलो हुदा उपभोक्ता समितिमा बस्न नै गाउँलेहरु मान्न छाडेकोले छिटो छरितो माध्यम अपनाउन आग्रह गरे अर्का स्थानीय भिम प्रसाद अधिकारीले नगरले ठुला सडकलाई मात्र प्राथामिक्ता दिदा साना सडकहरु अलपत्र परेकोमा नगरको ध्यानाकर्षण गराएका थिए ।स्थानीय बेद नारायण प्रधानले जो पिडित छ उसको पहिचान सहि रुपमा गरेर मात्रै अनुदान लगायतका कुरा वितरण गर्न आग्रह गरे वडामा खेल मैदानको पनि आवश्यक्ता रहेको उहाँको भनाई छ ।

अर्का युवा ज्ञानेन्द्र राईले युवा स्वरोजगार कार्यक्रम ल्याउन तथा नगरमा हुने भर्ति नियुक्ती निष्पक्ष गर्न माग राखे । यसरी स्थानीयले बिभिन्न सवालहरु एकपछि अर्को गर्दै उठाएपछि नगरप्रमुख राईले जवाफ दिदै नगरपालिका नहुदा ५⁄६ करोड मात्रै बजेट आउने गरेकोमा अहिले बिभिन्न शीर्षक गरेर ३ सय करोड सम्म बजेट आएको बताए । उनले सकेसम्म जनताका्े चाहाना स्थानीयको आवश्यक्ता लगायतलाई ध्यानमा राखेर बिकास निमार्णका कार्यलाई जारी राखेको प्रष्ट पारे ।
कर लगायतबारे कार्यक्रममा कसैले प्रश्न नगरेको प्रसंग उठाउदै उनले कर बैज्ञानिक रुपमा लिने कोसिस गरेको तर नगरबासीलाई कर बढेको जस्तो लागेमा कर समायोजन गर्न तयार रहेको प्रतिवद्धता जाहेर गरे। टोल सुधार संस्थालाई आगामी बर्ष देखि बार्षिक सस्थां सञ्चालन खर्च प्रदान गर्ने बताए ।
नगरपालिकाको कोरोना राहतको लागि राखिएको चामल लगायत खाध्यान्न भविष्यमा पर्न सक्ने जोखिमलाई ख्याल गरेर राखेको र सघँको मापदण्ड अनुसार सबैलाई बितरण गरेको बताए । राईले बाकी भविष्यको जोखिम टार्न राख्ने क्रममा केहि खाद्यन्न भण्डारण गर्दा बिग्रिएको जानकारी गराए ।
नगरले राम्रा कामको मात्रै प्रचार नभएर भएका कमजोरी समेतलाई सबैको सामु पारदर्शी डिस्पोज गरेको र बाकी रहेको खाध्यान्न लिलामी प्रकृयामा गईसकेको जानकारी दिए । भाचिएको काठको पोल तुरुन्न नगरपालिकाले जुनसुकै स्रोत बाट फेर्दै आएको तर पुरै काठको पोल बिस्थापित गर्न भने केहि समय लाग्ने बताए। शिक्षक दरबन्दी मिलानमा ध्यान दिने, मेगा प्रोजेक्टको रुपमा रहेको सिद्धी खोलामा सरोबर निमार्ण कार्य नगरको ड्रिम प्रोजेक्ट को रुपमा रहेको बताए।
युवा स्वरोजगारको लागि समुहमा कार्यक्रम प्रस्ताव लिएर आए नगरसगँ बजेट रहेको उनको भनाई छ । पेट्रोल पम्प नजिकैको बसपार्कको सन्दर्भमा जग्गा अपुग भएकोले जग्गा थप गर्ने प्रक्रियामा रहेको मेयर राईको भनाई छ । यस्तै नगर कृषि शाखा प्रमुख नारायण लम्साल र स्वास्थय शाखा प्रमुख डा धनराज यादवले पनि सहभागीले उठाएका प्रश्नको जवाफ दिए ।
वडाध्यक्ष राईले नगरपालिकामा वडा न ८ मा अरु वडाको तुलनामा धेरै बजेट आएको जानकारी गराउदै विकास निमार्णका कार्यमा वडाबासी जनताको साथ र सहकार्यमा काम गरिरहेको बताए । वडाबासीको चाहाना अनुसार नै सकेसम्म बढिभन्दा बढि काम गर्न वडा टिम लागिरहेको उनको भनाई छ ।