Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

झापा बन्यो प्रदेश भेट्रान्स फुटबल च्याम्पियन

झापा बन्यो प्रदेश भेट्रान्स फुटबल च्याम्पियन

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ ७ २०७७


झापा बन्यो प्रदेश भेट्रान्स फुटबल च्याम्पियन

विराटनगर । झापा भेट्रान्सले तेस्रो प्रदेश स्तरीय खुला नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराट भेट्रान्स विराटचोकलाई मंगलबार ६-१ ले हराउँदै झापाले उपाधि जितेको हो । विजयी टोलीका लागि नगेन्द्र मणी लिम्बुले ह्याट्रिक गरेका थिए । मित्र बस्नेत, रविन बस्नेत र प्रवेश कटुवालले समान १-१ गोल गरे ।

विराटका लागि प्रकाश थापाले गोल फर्काएका थिए । झापाका नगेन्द्रमणी लिम्बू प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै नगद ३ हजार पाउन सफल भए । विजेता टोलीले उपाधिसहित ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे । मोरङको सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले विजेता टोलीलाई पुरस्कृत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार