Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामका १० वटै पालिकामा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न

इलामका १० वटै पालिकामा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ ४ २०७७


इलामका १० वटै पालिकामा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न

इलाम : प्रधानमन्त्री केपी शर्मा ओलीको असबैधानिक कदम बिरुद्ध इलामका १० वटै पालिकामा नेपाली काग्रेसले बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस नगर कार्य समिति र गाउँपालिका कार्य समितिको आयोजनामा इलामका ४ नगरपालिका र ६ गाउँपालिकामा शनिबार बिरोध सभा सम्पन्न भएको हो ।

सबै क्षेत्रमा भएका कार्यक्रममा कांग्रेस नेताहरुले केपी ओलीले संसद भंग गरेर देशलाई भड्खालोमा हालेका थिए । उनीहरुले स्थानीय सरकार समेत भ्रष्टाचार , पार्टीका कार्यकर्ता संरक्षणमा लागेको आरोप लगाए । इलाम नगरपालिकाको इलाम बजारमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती हिमालय कर्मचार्यले ओली सरकार निरंकुश , संबिधान बिरोधी र भ्रष्टाचारमा लिप्त भएकाले देश नै अप्ठयारोमा परेको बताए। उनले संसद बिघटन फिर्ता हुनेमा आफहरु ढुक्क रहेको बताए। कार्यक्रममा कांग्रेस नेता केदार थापा राजेन्द्र शर्मा लगायतको सहभागीता रहेको थियो ।

यस्तै नेपाली काँग्रेस सन्दकपुर गाउँ पालिका कार्य समितिको आयोजनामा सन्दकपुरको देउरालीमा बृहद विरोध सभा सम्पन्न भएको छ । सभाका वक्ताहरुले ओली सरकारका असंवैधानिक कदमको कडा आलोचना गर्दै स्थानीय सरकारका गलत क्रियाकलापको समेत आलोचना गरे । सभापति प्रेममणी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव निरोज खड्गी, संगठन विभागका सदस्य तथा संघीय उम्मेदवार भुपेन्द्र कट्टेल, महिला संघ अध्यक्ष निर्मला सन्जेल, जिल्ला सदस्य देवेन्द्र सुवेदी, तुलाराम गुरुङ , धनप्रसाद खाम्दाक, तारा न्यौपाने, घनश्याम गुरुङ, सन्तोष खतिवडा, खेम थापा मगर लगायतले मन्तव्य राखेका थिए ।

देउमाई नगरपालिकाको मंगलबारेमा दिलिप कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य एवम पुर्व जिल्ला सभापति हरि खनाल शिक्षक संघ प्रदेश नं १ सभापति पुर्ण गौतम महिला संघ जिल्ला सदस्य इन्दिरा राउत लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले जनताले अब कांग्रेस खोज्ने दिन आएको बताएका छन ।

उनले बिगतमा गरेको कुराहरु कम्युनिस्टहरुको आपसी द्वन्द्वका कारण रहेको बताउँदै नेपाली जनता आफैले अब कांग्रेस खोज्ने दिन आएको बताए । राष्ट्रपति जस्तो गरिमामय पदलाई ओली सरकारले रबरको स्टाम बनाएको भन्दै काँग्रेसले अदालतको निर्णय पनि सम्मान गर्दै संसद बिगघटनको विरुद्धमा आन्दोलन पनि निरन्तर जारी राख्ने बताएका छन ।

सूर्योदय नगरपालिकाको फिक्कलमा नगर सभापती मणी गुरुङको अध्यक्षतामा बिरोध सभा सम्पन्न भएको छ। बिरोध सभामा कांग्रेस नेताहरु टिकाराम सुब्बा लेप्चा , प्रेम चाम्लीङ, बन्दना अधिकारी , निशेष राई लगायतले केपीको अलोकतान्त्रीक कदमको बिरोध गरेका थिए ।

माई नगरपालिकमा भएको कार्यक्रममा कांग्रेस नेता नगेन्द्र कुमाल , चुलाचुली गाउँपालिकामा भेषराज आचार्य , रोङ गाउँपालिकामा बिष्णु दाहाल , माङसेबुङ गाउँपालिकामा बिष्णु कार्की , फाकफोकथुम गाउँपालिकामा नुतनदेव दुलाल र माईजोगमाई गाउँपालिकामा भएको बिरोध सभामा काग्रेस नेता होम दुलाल , दुर्गा बराल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार