Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पीएम कप पुरुष क्रिकेट : एपीएफसंग हा¥यो प्रदेश एक

पीएम कप पुरुष क्रिकेट : एपीएफसंग हा¥यो प्रदेश एक

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ ३ २०७७


पीएम कप पुरुष क्रिकेट : एपीएफसंग हा¥यो प्रदेश एक

इलाम । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफसंग प्रदेश एक पराजित बनेको छ । शनिबार भएको खेलमा प्रदेश १ एक ३५ रनले पराजित बनेको हो। एपीएफले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४२.४ ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्रै जोड्न सफल रहयो ।

उसका लागि ओपनर मिनाश थापाले ४४ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए। यस्तै, फिर्दोस अन्सारी १७, दीपेश कँडेलले १६ दीपक पासवानले १३ र जोशक खड्काले अविजित १२ रनको योगदान दिए। प्रदेश १ का ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। प्रदेश १ लाई सस्तैमा समेट्नेक्रममा एपीएफका अभिनाश बोहराले घातक बलिङ गरे। उनले १० ओभरमा ६ मेडन राख्दै १८ रन खर्चेर पाँच विकेट लिए।

यस्तै, वसन्त रेग्मीले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर दुई विकेट लिँदा किशोर महतो र कप्तान शरद भेषावकरले एक–एक विकेट झारे। यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको मौका पाएको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो। उसका लागि ओपनर आसिफ शेखले विस्फोटक ब्याटिङ गरे। उनले ३२ बलमा ५ छक्का र ६ चौका प्रहार सर्वाधिक ५९ रन बनाए।

यस्तै, वसन्त रेग्मीले ४०, सन्दीप जोराले ३०, कप्तान शरद भेषावकरले २०, सुवास खकुरेल र किशोर महतोले १९–१९ रन बनाउँदा सुमित महर्जन १४ र अभिनास बोहरा ६ रनमा नटआउट रहे। बलिङमा प्रदेश एकका दीपेश कँडेल, श्रवण यादव फिर्दोस अन्सारी र हेमन्त राईले समान दुई–दुई विकेट लिए। जोशक खड्का र सोनु मन्डलले एक–एक विकेट झारे। एपीएफले आफ्नो दोस्रो खेलमा माघ ८ मा गण्डकीसँग मुलपानीमा खेल्दा प्रदेश १ ले सोमबार मुलपानीमै गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार