Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फिक्कल र इलाम बजारमा सिदार्थ बैंक उद्घाटन 

फिक्कल र इलाम बजारमा सिदार्थ बैंक उद्घाटन 

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज ५ २०७४


फिक्कल र इलाम बजारमा सिदार्थ  बैंक उद्घाटन 

इलाम । इलामको फिक्कल र इलाम बजारमा सिदार्थ बैंकको उद्घाटन गरिएको छ । शाखा स्थापना गरि कारोबार शुरु भएको ५ महिनापछि दूबै शाखा बुधबार एक कार्यक्रम आयोजना गरि उद्घाटन गरिएको हो ।

इलाम बजारमा रहेको सिदार्थ बैंकको शाखा ७६ औँ र फिक्कल बजारको ७७ औँ शाखा रहेको सिदार्थ बैंकका नायव महाप्रबन्धक रामेश्वर बस्यालले   बताए । दूबै शाखाको सिदार्थ बैंकका कार्यकारी अध्यक्ष मनोजकुमार केडियाले रिवन काटेर शाखा उद्घाटन गरेका थिए । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चुक्ता पूजी आठ अरब जुटाउन अन्तिम कसरत गरिरहेको बैंकको ९९ वटा एटिएम र ७० वटा शाखा रहित बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

बैंकको सिद्धार्थ इस्योरेन्स। सिद्धार्थ क्यापिटल  संचालनमा रहेका छन् भने लघुवित्त कार्यक्रम संचालनका लागि पूर्वाधार तयार गरिसकेको बैंकका अध्यक्ष मनोजकुमार केडियाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार