इलाम । सदरमुकाम बसेको दुई सय वर्षपछि इलामको प्रशसानीक केन्द्र रहेको इलाम बजारमा व्यवस्थित तरकारी र पुशु बजार स्थापना भएको छ । बजार क्षेत्रको खोल्सीमा पूर्वाधार निर्माण गरि तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ
दुई वर्ष अघिसम्म इलामको तरकारी र पशु बजार कहाँ राख्ने टुङ्गो थिएन । जिल्लाको प्रशासनिक केन्द्र बनेको २ सय वर्ष पुग्दै गर्दा पनि इलाम सदरमुकाममा तरकारी र पशु बजारको स्थायी संरचना पनि बनिएका थिएनन् ।
इलाम नगरपालिकाले बजार क्षेत्रको अस्पताल खोल्सीमा पूर्वाधार निर्माण गरि तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ । गनाउने खोल्सिलाई व्यवस्थित गउि तरकारी बजार बनाएपछि अहिले किसान, व्यपारी र उपभोक्ताहरुलाई पनि राम्रो भएको तारिबारीका किसान सुप्रिम घिमिरे भने–‘ पहिले फोहोरको डङ्गुर थियो हिड्न पनि सकिदैनथ्यो अहिले सुन्दर तरकारी बजार र पशु बजार बनेको छ ।’

नगरपालिकाले फोहोर फ्याक्ने खोल्सिलाई व्यवस्थित गरि बजार विस्तार गरेपछि उपभोक्ता चकित भएको घिमिरेले बताए । इलाम नगरपालिकाले नयाँ बजार बनाउन इलाम अस्पताल छेउको खोल्सीमा बाँध बाँधेर तरकारी र पशुबजार निर्माण गरेको हो । निर्माण भएको ठाउँमा पशु र तरकारी बजार सञ्चालनसँगै मासु बजार र सवारीको समेत पार्किङ गर्ने स्थान रहेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

इलाम नगरपालिकाले पटक–पटक गरेर १ करोड ९० लाख २६ हजार आठसय ५३ रुपैयाँ अस्पताल खोल्सिलाई व्यवस्थित गर्न खर्च गरेको छ । एक हजार ९ सय ७३ घन मिटर ग्याविन पर्खाल, एकसय ७४ मिटर नाली निर्माण, चार वटा टहरा,ढुङ्गाको सिढी, रेलिङ्ग लगायतका संरचना निर्माण भएका छन् । तरकारी र पशु बजारको संरचना निर्माणपछि इलाम नगरपालिकाले सो क्षेत्रमा साइन्स पार्क समेत निर्माण गर्दै छ ।
