Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्र इलामले संघ र प्रदेशको उमेद्धवार छनौट

माओवादी केन्द्र इलामले संघ र प्रदेशको उमेद्धवार छनौट

  • मन्जु तिमसिना
  • बुधबार, असोज ४ २०७४


माओवादी केन्द्र इलामले संघ र प्रदेशको उमेद्धवार छनौट

इलाम । नेकपा माओवादी केन्द्रले आगामि मंसिरमा हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि उमेद्धवार छनौट गरेको छ । पुर्व राज्य मन्त्री तथा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य श्रीप्रसाद जबेगुको प्रमुख आतिथ्यतामा मंगलबार भएको बैठकले प्रदेश सभा र संघको लागि उमेद्धवार छनौट गरेको हो ।  बैठकले संघको प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट धिरेन सर्मा रमण, क्षेत्र नम्बर २ बाट कान्छा लावतीलाइै उमेद्धवार छनौट गरेको हो ।

धिरेन सर्मा रमण माओवादी केद्र इलामका इञ्चार्ज तथा पार्टीको पोलिटव्यूरो सदस्य हुन् भने कान्छा लावती माओवादी केन्द्र इलामका सह इञ्चार्ज हुन् । यसैगरि समानुपाति तर्फ टिका घिमिरे र सोममाया राई सिन्धुलाई समानुपातीक तर्फबाट उमेद्धवार छनौट रहेको छ ।  यस्तै प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ को एकबाट तेजबहादूर राई बिजय र २ बाट श्रीमान राई उमेद्धवार छनौट भएका छन् ।

यसैगरि क्षेत्र नम्बर २ को एकबाट लक्ष्मण राई जनम र २ बाट अनिल बराइली छनौट गरिएको कार्यलय सचिव जिवन सर्माले बताए । यसैगरि प्रदेशको समानुपातीकमा राम राई, उर्मिला तामाङ, किरण सुनुवार, ओम बहादूर गुरुङ्ग, शान्ता बस्नेत, प्रेमना छिरिङ्ग, पवन संकरलाई सिफारिस गरिएको हो ।  बैठकले अन्यपार्टीसँग तालमेलका लागि पार्टी सह–इञ्चार्ज टिका घिमिरेको संयोजत्वमा वार्ता समिति गठन भएको छ भने क्षेत्र नम्बर १ मा राज राई र दूईमा राज थापाको संयोजत्वमा चुनाव परिचालन समिति गठन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार