Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

कोरोना संक्रमणबाट अन्टार्कटिका पनि अछुतो रहेन्

कोरोना संक्रमणबाट अन्टार्कटिका पनि अछुतो रहेन्

  • एजेन्सी
  • बुधबार, पौस ८ २०७७


कोरोना संक्रमणबाट अन्टार्कटिका पनि अछुतो रहेन्

इलाम । कोरोना संक्रमणबाट अन्टार्कटिका महादेश पनि अछुतो रहन सकेन् । एकै पटक अन्टार्कटिका महाद्वीपस्थित आफ्नो बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रमा ३६ जनालाई सङ्क्रमण देखिएको चिली सेनाले पुष्टि गरेको छ । जसमा २६ जना सैनिक र १० जना मर्मत सम्भार गर्ने कामदार रहेका छन् । सुरक्षा अधिकारीहरूका अनुसार सङ्क्रमित सबैलाई उद्धार गरी चिली पु¥याइएको छ ।

अनुसन्धान केन्द्रका लागि सामग्री आपूर्ति गरेको नौसेनाको एउटा पानीजहाज चालक दलका तीन जनामा सङ्क्रमण पुष्टि भएको केही दिनपछि पछिल्लो समाचार प्रकाशनमा आएको हो । जहाँ सवार चालक दलका २०८ जनालाई अलग्गै राखिएको छ । सार्गेन्टो एल्डीआ नामक पानीजहाज गत २७ नोभेम्बरमा ट्रिनिटी प्रायद्विपको बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र पुगेको थियो र १० डिसेम्बरमा चिली फर्किएको थियो ।

ताल्कावानोस्थित चिलीको सैनिक केन्द्र फर्केका चालक दलका तीनजना सदस्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । चिलीको नौसेनाका अनुसार अन्टार्कटिकाको यात्रामा पठाइएका सबै जनाको पिसिआर परिक्षण गराउँदा रिर्पोट नेगेटिभ आएको थियो ।

चिलीको बायोबायो क्षेत्रका स्वास्थ्यमन्त्रीले नौसेनाको सार्गेन्टो एल्डीआ आपुर्ति जहाजमा २१ जना संक्रमित रहेको बताए । अन्टार्कटिकमा चिली अपरेशनको रेखदेख गर्ने म्याग्लानेस क्षेत्रका क्षेत्रीय स्वास्थ्य सचिव एडुआर्डो कास्टिल्लोले भने ‘लस एस्ट्रेलस गाउँमा अर्को घटना भएको छ । जहाँ लेफ्टिनेन्ट रोडल्फो मार्श मार्टिन एयर फोस बेसमा काम गर्ने नागरिकहरु बस्छन् । सार्गेन्टो एल्डीआ त्यही गाउँमा डक भयो ।’

चिलीले अन्टार्कटिकामा खडा गरेका चारवटा स्थायी केन्द्रमध्ये बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र एउटा हो जसलाई सेनाले सञ्चालन गर्दै आएको छ । कोरोनाभाइरसबाट बढि संक्रमण हुने ल्याटिन अमेरिकी मुलुकमा चिली छैटौ स्थानमा छ । त्यहाँ हालसम्म ५ लाख ८५ हजार भन्दा बढि व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ । ब्रिटिश अन्टार्कटिक सर्भेले कोरोनाभाइरस महामारीलाई दिएर अनुसन्धान कार्य रोक्न लागेको गत अगस्ट महिनामा घोषणा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार