Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

कप्तान रुविनाको शतक, इलाममाथि झापाको २ सय ११ रनको फराकिलो जित

कप्तान रुविनाको शतक, इलाममाथि झापाको २ सय ११ रनको फराकिलो जित

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ५ २०७७


कप्तान रुविनाको शतक, इलाममाथि झापाको २ सय ११ रनको फराकिलो जित

इलाम । राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षत्रीको शतकको मद्दतमा प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश १ छनोटमा झापाले इलाममाथि सानदार जित निकालेको छ। झापाकी कप्तान समेत रहेकी रुविनाले ५६ बलमा १५ चौका र ९ छक्कासहित १ सय २९ रनको विष्फोटक शतकीय इनिङ खेलेपछि इलाम २ सय ११ रनको फराकिलो अन्तरले पराजित भएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ६७ रन बनाएको थियो। रुविनाको अतिरिक्त झापाको लागि राष्ट्रिय टोलीकी सदस्य रहेकी ओपनर अप्सरी बेगमले ६१ रनको योगदान दिइन्। ४१ बलको सामना गरेकी उनले १ छक्का र ७ चौका प्रहार गरिन्। १३ बल सामना गरेकी काजल श्रेष्ठले १८ र लखिता राजवंशीले १३ रनको योगदान दिइन्।

बलिङतर्फ इलामकी पायल मगरले अप्सरी र संगम तामाङले रुविनालाई पेवोलियन फर्काए। राष्ट्रिय खेलाडी सम्मिलित झापा विरुद्ध २ सय ६८ रनको विशाल लक्ष्य पछ्याएको इलामको महिला टोलीले ५६ रन मात्र जोड्न सफल भयो। इलामकी प्रज्ञा कटवालले १२, सोभा अधिकारी १०, पायल मगरले ११ रन बनाउन बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक छुन सकेनन्।

इलामका ५ जना ब्याट्सवुमन शून्य रनमा पेवोलियन फर्किए। इलामलाई सस्तैमा समेट्ने क्रममा झापाकी अहिसा कडरियाले ४ ओभर बलिङ गर्दै २ रन दिएर ३ विकेट लिइन्। ज्योती दनुवार र रोमा थापाले समान २–२ विकेट लिए। उपाधिका लागि सोमबार झापा र मोरङबीच प्रतिस्पर्धा हुने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार