Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

एन्फाको स्वास्थ्य समिती संयोजकमा इलामका निरोज

एन्फाको स्वास्थ्य समिती संयोजकमा इलामका निरोज

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर २२ २०७७


एन्फाको स्वास्थ्य समिती संयोजकमा इलामका निरोज

इलाम । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वास्थ्य समितीको संयोजकमा केन्द्रिय सदस्य निरोज खड्गी चयन भएका छन् । युथ डेभलप्मेन्ट कमिटीका सहसंयोजक समेत रहेका इलामका खड्गीलाई एन्फाको २०७७ साल जेठ १९ गतेकाे भर्चुअल बैठककाे निर्णय अनुसार बाँकी कार्यकालकाे लागि स्वास्थ्य समितीको संयोजकको पद दिएको हो ।  खड्गी भन्दा अघि समितीकाे संयोजकमा डा अजय शम्शेर राणा रहेका थिए ।

खड्गी नेतृत्वको टिमले खेलाडीहरुको फिट्नेससंग बिरामी भए उनीहरुको पहिचान गरि उपचारमा सिफरिस गर्नुपर्ने छ । फिटनेसका कारण नेपाली फुटबलको स्तर माथी नबढेको बताउँदै खड्गीले तत्काल खेलाडीहरुको लागि फिट्नेस सेन्टर बनाउने प्रक्रियाको लागि समितिले काम अघि बढाउने बताए ।

‘ खेलाडीहरुको लागि भनेर विशेष फिट्नेस सेन्टर स्थापना भएको छैन् । मेरो नेतृत्वको स्वास्थ्य समितीले यो कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढाउनेछ ।’ खड्गीले भने ‘७ वटै प्रदेशमा खेलाडीहरुको फिट्नेस र स्वास्थ्य मुख्य प्राथमिकतामा राखेर लामो समय इन्जुरी देखिएमा एन्फालाई सिफारिस गरेर थप उपचारको लागि विदेशमा लग्न समेत पहल गर्नेछ ।’

समितीमा एएफसी र फिफाका डाक्टरहरु समेत सदस्य रहेको कारण अब फिटनेस र स्वास्थ्य समस्याका कारण खेलाडीहरु फुटबलबाट पलायन हुने अवस्था अन्त्य हुने खड्गीले बताए । पहिलो चरणमा बुटबल र धरान एकाडेमीमा रहेका युथ खेलाडीहरुको स्वास्थ्य र फिट्नेस परिक्षण गर्ने तयारी अघि बढेको उनले बताए । खड्गी नेपालको यु–१६ टोलीको टिम मेनेजर समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार