Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री कप क्रिकेटको छनौटमा सहभागि हुने इलामेली क्रिकेटर

प्रधानमन्त्री कप क्रिकेटको छनौटमा सहभागि हुने इलामेली क्रिकेटर

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर २२ २०७७


प्रधानमन्त्री कप क्रिकेटको छनौटमा सहभागि हुने इलामेली क्रिकेटर

इलाम । आगामी पुष ११ गतेबाट हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेश छनौटमा सहभागिता जनाउने खेलाडीहरु छानिएका छन् । शनिबार करफोक माविको खेलमैदानमा जिल्ला स्तरिय छनौट गरिएको हो । १३ जना खेलाडी र ३ जना बैकल्पिकको रुपमा राखिएको जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।

प्रज्वल खत्रीको कप्तानीमा प्रदेश छनौटमा उत्रिने टिमको उपकप्तान रोशन बोहरा रहेका छन् । टोलीका अन्य सदस्यहरुमा विक्रम खेवाङ्ग, हेमन राई, सुशान्त सापकोटा, मनोज आचार्य, दिपेन्द्र मगर, योगेश विक रहेका छन् । त्यसैगरी सुशिल कोइराला, अविनाश पौडेल, साहिल घिसिङ, पुजन खड्का र दिपेश कुवरले टिममा स्थान बनाउन सफल भए ।

बैकल्पिक खेलाडीको रुपमा धनजीत मुखिया, रन्जन योन्जन र कुशल भट्टराई रहेका छन् । जिल्ला अध्यक्ष पौडेल, सचिव महेश राई, सदस्य राजु कट्टेल र सन्जय लामाले प्रदेश खेलमा सहभागि हुने खेलाडी छानेका हुन् ।
महिला क्रिकेटरलाई स्पष्टिकरण माग
शनिवार नै हुने महिला तर्फको छनौट हुन सकेन् । छनौट समितीका सदस्यहरुलाई जानकारी नदिई महिला खेलाडीहरु अनुपस्थित भएपछि जिल्ला क्रिकेट संघले २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । जिल्ला सचिव महेश राईले सुचना जारी गर्दै सम्पुर्ण महिला खेलाडीहरुलाई २४ घण्टा भित्र संघका अध्यक्ष अर्जुन पौड्याल एवम कोषाध्यक्ष टिकाराम पुरीलाई स्पष्टिकरण दिन जानकारी गराएका छन् ।

खेलाडीहरुबाट चित्तबुझ्दो स्पष्टिकरण नआएको खण्डमा प्रतिबन्ध सहितको कारवाही गर्न सकिने सुचनामा लेखिएको छ । सम्पुर्ण खेलाडीहरुको स्पष्टिकरणपछि मात्रै महिला तर्फको पुर्ण छनौट गरिने भएको छ । महिलातर्फका प्रधानमन्त्री कपको खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुष टिमतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ। जसमा तीन विभागीयसहित १० टिमको सहभागिता हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार