Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

साइकल ट्रेलको सम्भाव्यता खोज्दै रोङ गाउँपालिका

साइकल ट्रेलको सम्भाव्यता खोज्दै रोङ गाउँपालिका

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर २१ २०७७


साइकल ट्रेलको सम्भाव्यता खोज्दै रोङ गाउँपालिका

फिक्कल । चुरे क्षेत्रमा पर्ने इलामको रोङ गाउँपालिकाले साइकल ट्रेलको सम्भाव्यता अध्ययन थालेको छ । गाउँपालिकाले २९ किलोमिटर ट्रेलको सम्भाव्यता अध्ययनलाई अघि बढाएको हो । वडा नं ६ का वडाध्यक्ष एवम गाउँपालिकाका प्रवक्ता मणीकुमार स्याङ्बोका अनुसार वडा नं ३ को हाँसपोखरी देखि वडा नं ६ को पाटापुर सम्म साइकल ट्रेल बनाइनेछ ।

हाँसपोखरी र हर्कटेबाट भूमापन डाँडो , ब्रिटिसटार, गिद्धे भिर, डोल गैरी, हल्लने ढुङ्गा , रमिते डाँडा, झण्डी डाँडा आलुबारी गुर्धुमडाँडा, फिरफिरे डाँडा भिमसेन ढुङ्गा सिद्धि नहरको ट्याक हुदै पाटापुर सम्म का बिभिन्न महत्वका स्थानहरुमा मार्ग बनाउनको लागि डिपिआर गरेर केन्द्र र प्रदेश सरकार समक्ष योजना पेश गरिने तयारीमा लागेको रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राईले बताए ।

डेढ बर्ष अघि गाउँपालिकाको संयोजनमा कुटिडाँडाबाट इलाम बजार हुँदै झापासम्म साइक्लिङ गरिएको थियो । तत्कालिन समयमा साईकल यात्रामा सहभागी भएको प्रवक्ता स्याङबोले साईक्लिङको प्रसस्त संभावना रहेकाले आगामी दिनमा गाउँपालिकाले साईक्लिङका लागि छुट्टै रुटको निर्माण गरिने बताएका थिए ।

अर्गानिक कृषि, चिया, जडीबुटी, जैविक विविधता र हिमशृंखलाले पर्यटक लोभ्याउने पूर्वी पहाडमा ‘साइकल पर्यटन’ सम्भावना खोजी गर्न पछिल्लो समय पुर्वका विभिन्न सहरबाट साइक्लिङको लागि इलाम रोजाईमा पर्दै आएको छ । विश्व साइकलयात्री पुष्कर साह लगायतले पटक पटक इलाममा साइकल यात्रा गरेर पर्यटनलाई समेत सघाउ पु¥याएका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार