Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री कप क्रिकेटको लागि आज इलाममा खेलाडी छनौट हुँदै

प्रधानमन्त्री कप क्रिकेटको लागि आज इलाममा खेलाडी छनौट हुँदै

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर २० २०७७


प्रधानमन्त्री कप क्रिकेटको लागि आज इलाममा खेलाडी छनौट हुँदै

फिक्कल । आगामी पुष ११ गतेबाट हुने प्रधानमन्त्री कप  राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि आज इलाममा छनौट प्रतियोगिता हुदैछ । प्रदेश एक टोलीमा सहभागि हुनका लागि करफोक माविको खेलमैदानमा इलामेली खेलाडीको छनौट हुने जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।

इलाम जिल्लामा विगतका दिनमा भएको इलाम प्रिमियर लिग (आइपिएल) बाट छनौट भएका खेलेका १८ जना  पुरुष खेलाडीहरुलाई अनिवार्य बोलाइएको पौडेलले जानकारी दिए । ‘ इलाममा क्रिकेट खेलाडी धेरै नभएकाले तोकेर नै १८ जनालाई बोलाइएको हो । उनीहरुले पनि छनौट खेलेर नै टिममा स्थान बनाउनुपर्ने हुन्छ ।’ पौडेलले भने ।

जिल्लाबाट छनौट भएका खेलाडीहरुले प्रदेशमा इलामको प्रतिनिधित्व गरेर प्रतियोगिता खेल्नेछन् । प्रतियोगिताको प्रदर्शनका आधारमा प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश एकको टिमबाट सहभागिता जनाउन पाउनेछन् । आज नै जिल्लाको महिला टोलीको समेत छनौट गरिने भएको छ । महिलातर्फका प्रधानमन्त्री कपकाे खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुष टिमतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ। जसमा तीन विभागीयसहित १० टिमको सहभागिता हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार