Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लागत र प्राविधिक सेवा नपुग्दा खालि हुदै गाइ गोठहरु

लागत र प्राविधिक सेवा नपुग्दा खालि हुदै गाइ गोठहरु

  • सन्देश सम्बाददाता
  • बुधबार, भाद्र २१ २०७४


लागत र प्राविधिक सेवा नपुग्दा खालि हुदै गाइ गोठहरु

इलाम ।  व्यवसायीक गाईपालन शुरु गरेका सागर पराजुलीका गाई गोठ रित्ता छन् । कुनै समय गाईको लर्को हुने गोठमा दाउराको हार भेटिन्छ । २०४५ सालमा १० वटा गाई खरिदबाट गाई पालन शुरु भएको सत्र वर्षपछि छोड्नुपर्यो । दूधको मूल्यमा कमि, प्राविधिक सेवा सुविधाको कमि,सरकारी प्रोत्साहान नहुदा गोठ रित्तो बनाएको किसान सागर पराजुलीले बताए । व्यवसायीक गाईपालन गरि पेशा छोड्ने सागर पराजुली एक्ला किसान होइनन् ।   १७ वटा सम्म गाई पालन गरि दैनिक ४५ लिटर दुध बिक्रि गर्ने सुर्याेदय नगरपालिका तिनखुट्टेका कमल सुब्बाका पनि गोठ रित्ता छन् । २०४० सालबाट व्यवसायीक गाई पालन शुरु गरेका सुब्बा २० वर्ष पछि सबै बिक्रि गरे । ‘आफ्नै लगानीमा व्यवसायीक गाई पालन शुरु गरेको थियो । लागत बढी,दुधको मूल्यमा कमि लगायतका समस्याले बिचमै पेशा छोडे,’ उनले भने । अहिले गोठमा एक दूई वटा गाई घरमा दूध खान पालेको उनी बताउँछन् ।  दुध बिक्रिबाट अरबौँ रुपैयाँ कमाएका जिल्लाका किसानले पेशा छोड्दै गएका छन् ।

व्यवसायीक गाई पालनका लागि प्रख्यात मानिएको इलामका किसानले धान्नै नसक्ने गरि दानामा आएको मूल्यवृद्धिले गाई पालन छोड्दै आएका हुन्  ।   लागत अनुसार दुधको मूल्य नपाएपछि किसानले पेशा छोड्दै आएको दुग्ध उत्पादक सहकारी संस्थाका  पुर्व   भिष्म प्रधानले बताए । ‘गाईमा रोग लाग्दा गाउँमा पशु प्राविधिक पाइदैन । पशु विमा भएपनि सबैकाे पहुँजमा नपुग्भदा किसान ऋणमा डुबेका छन्,’ प्रधानले भने । जिल्लामा रहेका पशु प्राविधिक किसानका घरमा पुग्न नसक्ने भएकाले गाई उपचार अभावमा मर्ने गरेका छन् । ‘पशु प्राविधिक नभएपछि उपचार अभावमा गोठका गाई पालैपालो   मरे । उपचार अभावले गाई मर्न थालेपछि बाँकि रहेका सबै बेचिदिए,’ सुर्याेदय नगरपालिकाका लोक बहादुर राईले बताए । गाईमा लाग्ने रोगको पहिचान नहुदा पनि किसानले लाखौ रुपैयाँ गुमाउनु परेको छ । गाउँमा दक्ष प्राविधिक नभएपछि रोगको पत्ता नलाग्दा गाई मर्ने गरेका छन् । फिक्कलका प्रदिप पराजुलीको ५० हजार मूल्यमा बिक्रि हुने   दुइृ गाई एकाएक मरे । राती चार बजे एक्कासी गाई करायो गोठमा जाँदा गाई मरिसकेको रहेछ । प्रदिप पराजुली भन्छन्, घर नजिकै भएका पशु प्राविधिकको पनि काम भएन ।  दुधको मूल्यवृद्धि नहुदा व्यवसायीक गाईपालनमा लागेका युवा पेशा छोडेर वैदेशिक रोजगारीमा जान थालेका छन् ।

सरकारले गाईपालक किसान लक्षित योजना नल्याएकाले यसमा संलग्न युवा संक्ति विदेश पलायन भएको हो । यसमा संलग्न युवा घरका गाई बिक्रि गरि विदेसिने गरेका छन् ।  गाई खरिदका लागि नेपाल र भारतका विभिन्न जिल्लाबाट किसान इलाम आउने गरेका छन् । भारतबाट गाउँमै गाई खरिदका गर्न आउने गरेको  हरिसचन्द्र तिम्सिनाले बताए । भारत सरकारले गाई पालनमा संलग्नलाई अनुदान दिन थालेपछि त्यहाँका किसानले बढी मूल्य प्रदान गरि गाई किन्ने गरेका छन् । नेपालका तराईका जिल्लाबाट किसान गाई खरिदका आउने गरेका छन् । मंसिरको पहिलो सातादेखि असारसम्म व्यापारी गाई किन्न आउने गरेको फिक्कलकी किसान सारदा पराजुलीले बताइन् ।

‘भारतमा गाई पाल्नका लागि अनुदान दिएपछि राम्रा गाई गाउँमा भेटिदैनन् । गाई खरिदका लागि आउने किसानले तोकिएको भन्दा बढी मुल्य दिने गरेको छन्,’किसान पर्सुराम घिमिरेले भने । १० लिटर दुध दिने गाई गाउँमा पाउन समस्या छ,’ उनले थपे ।  सिजनमा जिल्लाबाट दैनिक चालिस वटासम्म गाई नेपालको तराईका जिल्ला र भारत निकासी हुने गरेको छ । पछिल्लो समयमा गाईलाई खुवाउने दाना लगायतका सामग्रीको मूल्यवृद्धिसँगै किसान यस पेशाबाट विस्थापित हुदै आएका छन् । एक लिटर दुधबिक्रिबाट एक बोतल पानी नआउने भएकाले किसान गाई पालन पेशाबाट विस्थापित हुन थालेको किसान पुष्प घिमिरेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार