Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा ग्लोबल आईएमईको शाखा रहित सेवा

माईजोगमाईमा ग्लोबल आईएमईको शाखा रहित सेवा

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर १६ २०७७


माईजोगमाईमा ग्लोबल आईएमईको शाखा रहित सेवा

नयाँबजार । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा आज ग्लोबल आईएमइ बैकको शाखा रहित सेवा सुरु भएको छ । इलाम शाखा बाट बिस्तारित शाखारहित बैंकिङ सेवाको उद्घाटन माइजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईले गरे । माईजोगमाई गाउँपालिकाबासीलाई बैकिङ सेवा दिने उद्धेश्यका साथ आजबाट शाखा रहित सेवा सुरु गरिएको इलाम शाखाका प्रमुख पिताम्बर खड्काले बताए ।

माईजोगमाईमा सेवा विस्तारसंगै ग्लोबल आईएमई बैंकको देशभरि २६४ शाखा, ४७ एक्सटेन्सन काउन्टर, २३२ शाखारहित, २३९ एटिएम पुगेको छ । ग्लोबल आईएमई बैंक लि ईलाम शाखा प्रमुख पिताम्बर खड्काले शाखारहित कार्यालयका प्रतिनिधि कुन्दन पौडेललाई बीएलबी मेशिन हस्तान्तरण गरे ।

शाखा रहित कार्यालयबाट सिमित बैंकिङ सुबिधा प्रदान गरिने खड्काले बताए । कार्यक्रम कुन्दन पौडेलको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईको प्रमुख आतिथ्यता र इलाम शाखा प्रमुख पिताम्बर खड्काको विशेष आतिथ्यता भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार