Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर ४ २०७७


प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

बिराटनगर । प्रदेश न १ सरकार र स्थानीय तहको समन्वयमा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरि सिकाईलाई निरन्तता दिने उद्देश्यले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गर्न लागेको हो ।

पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताए । पहिलो चरणमा धनकुटाको पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिका, ते¥हथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका तथा मोरङको केराबारी गाउँपालिकामा सम्झौता भईसकेको निर्देशक बुढाथोकीले बताए ।

मोरंगको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उनले बताए । नेपाल टेलिकमको पाठशाला ( क्लोज युजर ग्रुप) सियुभी सिम मार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको बताए । विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने   सियुजी सिममा १२९ रुपैयाँको रिचार्जबाट १ महिनासम्म प्रयोग गर्न सकिने छ ।

बुढाथोकीका अनुसार विद्यार्थीका लागि सितैमा सिम दिईने र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा व्यालेन्सको व्यवस्था समेत गरिने भएको छ ।  नेपाल सरकारको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताईएको छ । स्थानीय तहका २५० शिक्षक र ५०० विद्यार्थीको कोटा निर्धारण गरिएको छ । रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले बताए ।

उनका अनुसार विद्यार्थी छनौट गर्दा गरिव भित्रको पनि गरिव छनौटलाई गर्नुपर्ने छ । विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोवाईलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयले विश्वास लिएको छ । कोरोनाको संक्रमण कहिले सम्म भन्ने यकिन नभएकाले पठन पाठन कार्यलाई अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाई शुरु गर्ने तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । ‘हेल्लो विद्यार्थी कार्यक्रम’का लागि सामाजिक विकास मन्त्रालयले १ लाख ५० हजार र स्थानीय तहले १ लाख रुपैयाँ व्यहोर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार