Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामका छिरिङकाे राष्ट्रिय टोलीमा डेब्यु

इलामका छिरिङकाे राष्ट्रिय टोलीमा डेब्यु

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर २ २०७७


इलामका छिरिङकाे राष्ट्रिय टोलीमा डेब्यु

इलाम । बंगलादेश विरुद्धको दोश्रो मैत्रीपुर्ण खेलमा छिरिङ गुरुङले डेब्यु गरेका छन् । उमेर समुहको विभिन्न टोलीबाट प्रतिनिधित्व गरेका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका छिरिङ च्यासल क्लबाट राइट ब्याक पोजिसनमा खेल्छन् । डिफेन्डर अजित भण्डारीको स्थानमा छिरिङ टोलीमा आएका हुन् ।

एन्फा एकाडेमीका उत्पादन छिरिङ राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै डेब्यु गर्ने अवसर पाएका हुन् । उनी गत बर्ष सम्पन्न १३ औ सागको स्वर्ण विजेता फुटबल टोलीका सदस्य समेत हुन् । भरत खवासको कप्तानीमा उत्रिएको टोलीमा प्रशिक्षक बालगोपाल महर्जनले सुरुवाती ११ मा ५ जना खेलाडी परिर्वतन गरेका छन् ।

डिफेन्स लाइनमा अनन्त तामाङ, विकास खवासले निरन्तरता पाएका छन् । अघिल्लो खेल कोरोना पोजेटिभ आएपछि गुमाएका रजिन धिमालले सुमन अर्याललाई प्रतिस्थान गरेका छन् । मिडफिल्डमा एरिक विष्ट र तेज तामाङ रहेका छन् । एरिक विक्रम लामाको स्थानमा खेल्न लागेका हुन् । विंगर रवि पासवानको स्थानमा दर्शन गुरुङले पहिलो रोजाइमा अवसर पाएका छन् ।

गोलरक्षकमा किरण चेम्जोङ नियमित रहेका छन् । अन्जन विष्ट र सुजल श्रेष्ठ नियमित छन् । नवयुग श्रेष्ठको स्थानमा भरत खवासले नेपाली आक्रमण सम्हालेका छन् । अघिल्लो खेलमा भरत बेञ्चमा रहँदा गोलरक्षक किरणले कप्तानी सम्हालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार