फिक्कल । कन्यामका युवा गायक संगीतकार तथा रचनाकार निसान सापकोटको शब्द रहेको सम्बन्ध हाम्रो बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ टप ८ सम्म पुगेका गायिका रचना रिमालको स्वरमा शब्द भरेका सापकोटाको गित कार्तिक २५ गते मंगलबार बजारमा आएको हो ।
अर्जुन कटुवालको संगीत रहेको गितको म्युजिक भिडियो रचना रिमालको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । उक्त म्युजिक भिडियोमा आशिस चिमोरिया र मोहिमा प्रसाईं ले अभिनय गरेका छन । हालसम्म १४ हजार भन्दा बढिले उक्त गित हेरिसकेका छन् । माया प्रेममा हुने मिलाप र विछोडलाई गितले देखाएको छ ।
‘उ जन्मेको उस्को देशमा’ बोलको राष्ट्रिय गित गाएर संगित क्षेत्रमा प्रवेश गरेका उनले सम्बन्ध हाम्रो भन्दा अगाडि ‘फेरि भेट नहोला’ नामको कभर गित सार्बजनिक गरेका थिए। उनले अहिले सम्म ५ वटा गीत र कभर गाइसकेका छन । उनले रचना गरेका १० वटा र ८ वटामा आफैले संगित भरेका गित साथै आफैले डाइरेक्सन गरेको म्युजिक भिडियो समेत बजारमा आईसकेको छ ।
२० बर्षिय सापकोटा आधुनिक क्लासिकल गितमा रुचि राखेपनि अहिले कभर गित बढि गाउने गरेका छन् । उनको २ वटा कभर गीत समेत रहेको छ । पछिल्लो समय संगितमा निकै रमाईरहेका सापकोटा गितमा नै बढि आफ्नो रुचि रहेको र आगामी दिनमा आफू गीत संगीतबाट नै आफुलाई नेपालसामु चिनाउन लागि पर्ने समेत बताए ।
सम्बन्ध हाम्रो गितमा शब्द भरेका निशान आफैले उक्त गितको मेल भर्जन चाडै गाउने र चाडै नै बजारमा ल्याउने बताएका छन । रचना रिमालको अफिसियल युटुब च्यानलबाट यो गित सुन्न अनि म्युजिक भिडियो हेर्न सकिने छ । म्युजिक भिडियोलाई यशोदा भट्टराईले निर्देशन गरेकी छन् ।