Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाममा छिरिङ र दर्शन पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा

इलाममा छिरिङ र दर्शन पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा

  • नमीन ढकाल
  • बुधबार, कार्तिक १९ २०७७


इलाममा छिरिङ र दर्शन पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा

इलाम । इलामका छिरिङ गुरुङ र दर्शन गुरुङ पहिलो पटक नेपाली सिनियर फुटबल टिममा छनौट भएका छन् । बंगलादेश बिरुद्धको २ मैत्रीपुर्ण खेलमा इलामकै नवयुग श्रेष्ठसंगै छिरिङ र दर्शन समेत छनौट भएका हुन् ।
उनीहरु दुवै जना गत मंसिरमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण बिजेता नेपाली टिममा समेत थिए ।

इलामको सन्दकपुर गाउँपालिका–५ जमुना स्थायी घर भएका दर्शन गत बर्षको शहिद स्मारक लिगका उदियमान खेलाडी हुन् । न्यूरोड टिम एनआरटीबाट लिग खेलेका मिडफिल्डर दर्शन नेपाली यु–१९ टोलीका सदस्य रहिसकेका छन् । कुल १३ खेलमा १ हजार १ सय ३७ मिनेट मैदानमा बिताए उनले क्लबका लागि महत्वपुर्ण ३ गोल समेत गरेका थिए । लिगमा उच्च प्रदर्शनका कारण उनी सिनियर टोलीमा परेका हुन् ।

जमुनाकै छिरिङलले गत बर्ष च्यासल क्लबबाट लिगको ११ खेलमा १ हजार ३२ मिनेट मैदानमा बिताएका थिए । नेपालको यु–२१ टोलीको कप्तानी सम्हाल्दै गत बर्ष भारतका प्रतियोगिता समेत खेलेका थिए । कोरोना भन्दा अघि इलाममा सम्पन्न माईभ्याली गोल्डकपमा उपबिजेता घरेलु टोलीका समेत कप्तान थिए छिरिङ ।

विभागीय टोली त्रिभुवन आर्मीका स्ट्राइकर नवयुग देउमाई नगरपालिका–१ मंगलबारेका हुन् । गत बर्षको शहिद स्मारक लिगको १२ खेलमा कुल १ हजार १ सय ४५ मिनेट मैदानमा बिताए उनले ६ गोल गरेका थिए । सन् २०१५ मा भएको साफ गेमबाट नेपाली राष्ट्रिय टोलीमा अटाउँदै आएका उनी पहिलो रोजाईका खेलाडी हुन् । २३ बर्षपछि उपाधिको खडेरी अन्त्य गर्ने नायक समेत हुन् नवयुग । सन् २०१६ मा नवयुगको गोलबाट नेपालले एकै बर्ष ३ वटा उपाधि जितेको थियो ।

बंगलादेश विरुद्धको खेलमा नेपाली टिमको कप्तानी गोलरक्षक किरण चेम्जोङले सम्हाल्नेछन् । बिहिबार ढाका जाने खेलाडी सहित ३४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले बिदाई गरे ।

टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन् । विदाई गर्दै सदस्य सचिव सिलवालले फरवार्ड भरत खवास र गोलरक्षक किरणलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरे । प्रारम्भिक प्रशिक्षणमा बोलाइएका ३४ खेलाडी मध्ये रोहित चन्द र कोरोना संक्रमण देखिएका ७ जना खेलाडी बाहेकलाई टोलीमा राखिएको हो । प्रशिक्षण दौरान रोहितले चोट बोकेपछि राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् ।

नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।मुख्य प्रशिक्षक योहान कालिन कोरोनाका कारण स्विडेनबाट नेपाल आउन नपाएपछि बालगोपाल महर्जनले प्रशिक्षण दिएका थिए । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल रहेका छन् ।
नेपाली टोलीः
किरण चेम्जोङ (कप्तान) अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ छन्

प्रतिक्रिया
सम्बन्धित समाचार