Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ग्लोबल बैंक फिक्कलबाट सरुवा भएका कर्मचारीमा कोरोना

ग्लोबल बैंक फिक्कलबाट सरुवा भएका कर्मचारीमा कोरोना

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज १४ २०७७


ग्लोबल बैंक फिक्कलबाट सरुवा भएका कर्मचारीमा कोरोना

फिक्कल । ग्लोबल आइएमई बैंक फिक्कल शाखाबाट सरुवा भएका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बैंकमा कार्यरत ३५ बर्षिय कर्मचारी काठमाण्डौ सरुवा भएकोमा असोज ११ गते ललितपुरमा पिसिआर टेस्ट गर्दा कोरोना संक्रमण देखिएको हो ।

असोज १२ मा आएको रिर्पोटमा उनमा संक्रमण देखिएको सूर्योदय नगरपालिकामा कोभिड–१९ फोकल पर्सन बिपुल अधिकारीले बताए । हाल उनको अवस्था सामान्य रहेको छ ।  बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएसंगै नगरपालिकाले आज शाखाका १४ जना कर्मचारीको स्वाब संकलन गरी परिक्षणको लागि झापाको कोटिहोममा रहेको प्रयोगशालामा पठाएको छ ।

कर्मचारीहरुको निजी खर्चमा नै उनीहरुलाई पानारोमा होटलको क्वारेन्टाइनमा राखिएको अधिकारीले जानकारी दिए । उनीहरुको रिर्पोटको नतिजा नआएसम्म बैंकको कारोबार बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार