Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

यी हुन् कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली

यी हुन् कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज ४ २०७७


यी हुन् कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली

काठमाडौं : रुसमा रहेका एक जना नेपालीले कोरोना भाइरसविरुद्धको खोप लिएका छन्। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष बद्री केसीले मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको खोप लिएको जानकारी दिए। सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले सल्यान पुर्खौली घर भएका श्रेष्ठले रसियन सरकारद्धारा पहिलो चरणमा ३० हजार जनालाई खोप दिने मध्येका एक हुन्।

डा केसीकाअनुसार उनी लक्की ड्र मार्फत छानिएका हुन्। श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो। उपाध्यक्ष केसीले कोरोना भाइरसविरुद्ध पहिलो भ्याक्सिन लिएकोमा खुशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

https://www.facebook.com/photo.php?fbid=10224213559988952&set=a.10207599790335094&type=3

प्रतिक्रिया
सम्बन्धित समाचार