नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा सरसफाई कार्यक्रमको शुरु गरिएको छ । स्थानीय सरकार संचालन ऐन अनुसार गाउँपालिकाको केन्द्र नयाँबजारबाट सरसफाई कार्यक्रम अन्र्तग्त बजारबासीलाई सरसफाई परिचय पत्र वितरण गरिएकोे हो ।
गाउँपालिकाको केन्द्रलाई सधै सफा राख्न र नागरिकको स्वास्थ्य प्रति बिशेष ध्यान दिदै उक्त कार्यक्रमको शुरु गरिएको गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिए । ‘सरसफाई प्रत्येक ब्यक्तिको जिवनको महत्वपूर्ण पक्ष भएकाले उक्त कार्यक्रम शुरु गरेका हौ ।’अध्यक्ष राईले भने ‘ अहिले कोरोनाको समेत संक्रमण रहेकाले सरसफाईमा बिशेष ध्यान दिनु पर्छ ’
गाउँपालिकाले शुरु गरेको अभियान अन्र्तगत माईजोगमाई १ का फुर्तेम्बा शेर्पाले पहिलो सरसफाई उपभोक्ताको परिचय पत्र लिएका छन् । पहिलो चरणमा नयाँबजारका १ सय ५० घरमा परिचय पत्र वितरण गरिने छ । गाउँपालिकाले सरसफाई परिचय पत्र वितरण गरेपछि प्रत्येक घरबाट मासिक १ सय रुपियाँ उठाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मीले जानकारी दिए ।
गाउँपालिकाले उक्त सेवा शुल्क बापत बजारको फोहोर मैला संकलन गरी डम्पीङ साईड लैजाने छ । अध्यक्ष राईका अनुसार गाउँपालिकाको केन्द्रबाट शुरु गरिएको उक्त अभियान सबै वडाका बजार टोल हुँदे घरघरमा समेत लागु गरिने छ ।