फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि केही क्षेत्र सिल गरिएको छ । वडा नं २ खाम्बाङका एक जना व्यक्तिमा कोरोना परिक्षण गर्दा पिसिआर रिर्पोट पोजेटिभ आएपछि उनीसंग कन्ट्याक्ट ट्रेसिङ गरि शंकास्पद देखिएको व्यक्तिहरुको स्वाब परिक्षणको लागि वडा नं १ र २ सिल गरिने भएको हो ।
पाँचथरमा कार्यरत चार सुरक्षाकर्मी,एक कामदार सहित फाकफोकथुम वडा न २ निवासी ५३ वर्षिय एक व्यक्ति गरि जम्मा छ जनाको पिसिआर रिर्पोटमा पोजेटिभ देखिएको थियो । फाकफोकथुम–२ निवासी सङ्क्रमण पुष्टि भएका व्यक्ति प्रहरी कार्यालय पाँचथरको हिरासतबाट घर फर्किएका थिए ।
गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले सुचना जारी गर्दै देउराली बजार दक्षिण, पुरानो पञ्चमी बजार, महाभारा पाँचथर सिमाना, घुर्विसे पञ्चमी, पचेवा खोला उत्तर फलाटे फाकफोक खोला पश्चिम सम्मका धार्नेखोप क्षेत्रमा सिल गरिएको छ । साविकको फाकफोकथ गाविस क्षेत्रको वडा नं २ देखि ६ सम्मको क्षेत्रमा सोमबार रातीबाट अर्को सुचना प्रकाशन नहुन्जेलसम्म सिल गरिने भएको छ ।
