Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कोरोनाका कारण संकटमा इटा उद्योग

कोरोनाका कारण संकटमा इटा उद्योग

  • लिला सुब्बा
  • बिहिबार, भाद्र १८ २०७७


कोरोनाका कारण संकटमा इटा उद्योग

इलाम । १२० जनालाई रोजगारी दिएका सर्लाही हरिवन–६ का ओमप्रसाद मैनालीको ओम बम शंकर इटा उद्योग बन्द छ । कोरोनाका कारण नेपाली र भारतीयलाई काम दिएका मैनालीले बाध्य भएर उद्योग बन्द गरेका हुन् । उद्योगमा कोरोनाको प्रभाव परेपछि कामदारहरुलाई पेश्कीबाट रकम दिएर घर पठाएको उद्योग संचालक मैनाली बताउँछन् । भुकम्पबाट असरबाट उठ्न नपाउँदै कोरोना कहरले उद्योगमा पुर्ण रुपमा असर परेको उनी बताउँछन् ।

‘२०७२ सालको भुकम्पमा इटा उद्योग पुर्ण भएको थियो । सरकारबाट स्थलगत अनुगमनबाट ५५ लाख रुपैया बराबर क्षति भएको निष्कर्ष निकालेपनि राहत हालसम्म पाइएको छैन् ।’ उनले भने ‘ अहिले कोरोनाका कारण व्यपार व्यवसाय झन चौपट भएको छ । कामदारहरुलाई पेश्की दिएर घर पठाएको छु उनीहरु फर्किएर आउँछन् आउँदैनन् थाहा छैन् ।’

२०६१ सालमा कतार गएका उनी अहिले स्वदेश फर्किएपछि ओम बम शंकर इट्टा उद्योग खोलेर भारतीय र नेपालीलाई रोजगारी दिन सफल भएका हुन् । कतारको टाडमोर सेक्युरिटी सर्भिसमा ६ बर्ष काम गरेपछि नेपाल फर्किएका थिए । गाउँघरमा दुई लाख रुपैया ऋण खोजेर विदेश गएका उनले बचत गरेको रकम र बैंकबाट ऋण गरी ५० लाखको लागतमा उद्योग सुरुवात गरेका थिए ।

२०६६ साल यता उद्योगका लागि ३ करोड लगानी गरिसकेको मैनालीले बताए । कोरोना कहर अघि इटाको माग सर्लाहीमा मात्र नभए काठमाण्डौ, हेटौडा, जनकपुर, चितवन लगायका जिल्लाहरुबाट समेत माग हुने गरेको छ । ग्राहकहरुको माग अनुसार अहिले होम डेलिभरीको सेवा गरिरहेको मैनाली बताउँछन् ।

इटा उद्योगमा हाल चारवटा ट्रयाक्टर, जेसीबी, एउटा फोरक्लिप र तीनबटा निजी सवारी कार रहेका छ । पछिल्लो समय कोरोनाको कारण व्यपार व्यवसायमा मन्दी आएको उद्योगका सुपरभाइजर शिवकुमार बताउँछन् । देशव्यापी रुपमा कोरोनाको प्रभावका कारण कामदारहरु बेरोजगार भइरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार