Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

स्टेडियममा फर्कियो चहलपहल : चेल्सीको खेल हेर्न पुगे २५ सय दर्शक

स्टेडियममा फर्कियो चहलपहल : चेल्सीको खेल हेर्न पुगे २५ सय दर्शक

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १४ २०७७


स्टेडियममा फर्कियो चहलपहल : चेल्सीको खेल हेर्न पुगे २५ सय दर्शक

एजेन्सी : कारोना भाइरस संकटका कारण खाली रहेका फुटबल मैदानका स्टेडियममा बिस्तारै चहलपहल बढ्न थालेको छ। यो सिजनका प्रिमियर लिगदेखि च्याम्पियन्स लिगसम्म दर्शकबिना नै खेलाइएको अवस्थामा बिस्तारै पुरानै लयमा फर्किन थालेका हुन्। शनिबार ब्राइटन र चेल्सीबीच एमेक्स स्टेडियममा भएको प्रि-सिजन फ्रेन्ड्ली म्याचका क्रममा स्टेडियममा दर्शकहरु सामाजिक दूरी कायम गर्दै उपस्थित भएका हुन्। एकजनाबाट अर्कोसम्मको बीचको तीन सिट खाली गरेर करिब २५ सय दर्शकहरुले स्टेडियमबाटै फुटबल हेरेका हुन्।

चेल्सी र ब्राइटन भएको यो मैत्रीपूर्ण खेल १-१ गोल बराबरीमा सकिएको थियो। स्टेडियममा दर्शकहरु सामाजिक दूरीको नियम पालना गर्दै दूरी बनाएर बसेका थिए। यो खेलमा चेल्सीका लागि टिमो वर्नरले चौथो मिनेटमा गोल गरेका थिए भने ब्राइटनका लागि पास्कल ग्रोसले खेलको ९० औँ मिनेटमा पेनाल्टीबाट गोल फर्काएका थिए। खेलका क्रममा दर्शकहरुलाई हर समय मास्क लगाउन भनिएको थियो। स्टेडियममा पस्दा पनि हरेकको तापक्रम जाँचिएको थियो। प्रवेशद्वारमा कुनै अलमल नहोस् भन्‍नका लागि दर्शकहरुलाई कुनै किसिमको झोला या सामान नल्याउन भनिएको थियो।

केबल ती दर्शकलाई प्रवेश दिइयो, जसको नाममा टिकट काटिएको थियो। ब्राइटनका हेड कोच ग्राहम पोटरले यसलाई इङ्ल्यान्डको फुटबलको राम्रो पुनरागमन भनेका छन्। उनले अवस्थालाई सामान्य बनाउन यो सानो तर महत्वपूर्ण कदम भएको बताए। ‘दर्शकलाई फेरि मैदानमा देख्न पाउँदा साह्रै आनन्द आयो’ उनले भनेका छन्, ‘यसले खेलाडीको पनि मनोबल बढाउनेछ। मलाई लाग्छ ६ महिनापछि आफ्ना प्रिय खेलाडीलाई मैदानमा देख्न पाउँदा दर्शकको पनि मन रमायो होला।’

ब्रिटेन सरकार देशमा अवस्थालाई सामान्य दिशातर्फ लैजानका लागि विस्तारै स्टेडियममा दर्शक प्रवेश अनुमति दिने योजना बनाइरहेको छ। पाइलट प्रोजेक्टका रुपमा वेस्ट ह्याम र आर्सनलको उमेन्स सुपर लिगको मैत्रीपूर्ण खेलमा पनि दर्शकलाई प्रवेश अनुमति दिइएको छ। यसका अलावा क्रिकेट र गम्बी म्याचका क्रममा पनि दर्शकलाई प्रवेश दिइने भएको छ। कोरोनाका कारण प्रिमियर लिगको सिनज २०१९-२० जुनबाट सुचारु भएको थियो। तर त्यसयताका सबै खेल दर्शकविहीन मैदानमा भएका थिए।

यस्तोमा मैत्रीपूर्ण खेलमा दर्शकको वापसीलाई अवस्था सामान्य बनाउने दिशामा एउटा कदम मानिएको छ। इङ्लिस प्रिमियर लिग २०२०-२१ का खेलहरू १२ सेप्टेम्बरबाट सुरु हुँदैछन्। यो सिजनका खेल २०२१ मे २३ मा सकिनेछन्।यहीबीचका १९ दिन युरोपियन च्याम्पियन्स लिगका खेल पनि हुनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार