Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा एपोलो हस्पिटलको सेवा सुरु

इलाममा एपोलो हस्पिटलको सेवा सुरु

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र १० २०७७


इलाममा एपोलो हस्पिटलको सेवा सुरु

इलाम । इलाम सदरमुकामको सिङफ्रिङमा खुलेको इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टरले सेवा सुरु गरेको छ। ४ करोडको लागतमा चार विशेषज्ञ सेवासहितको हस्पिटलले मंगलबारबाट सेवा प्रारम्भ गरेको हो । अस्पतालले फिजिसियन, अर्थोपेडिक, स्त्रीरोग र रेडियोलोजीको सेवा दिने सञ्चालकमध्येका प्रकाश चापागाईंले बताए।

अस्पताल रहेको भवनमा यसअघि हिमालयन हेल्थकेयर सेन्टरले डा।मेघबहादुर सामुदायिक अस्पताल सञ्चालन गरेको थियो। तर, सञ्चालनमा आएको केही वर्षमै अस्पताल बन्द भएपछि यहाँको पूर्वाधार प्रयोगविहीन थियो। देशमा अस्पताल सामुदायिक रूपमा चलाउने कुनै कानुन नभएकाले त्यतिबेलाको अस्पताल बन्द भएको अस्पताल खोल्न अग्रणी भूमिका निर्वाह गरेका धर्म गौतमले बताए।

सामुदायिक अस्पतालको पूर्वाधार नै अहिले हस्पिटल सञ्चालनका लागि भाडामा दिइएको हो । भाडावापत् अस्पतालले तिरेको मासिक १ लाख रकममध्ये सेन्टरले आधा भने इलामकै असहाय र गरिबको उपचारका लागि अक्षयकोष स्थापना गरिदिने भएको गौतमले बताए।

सदरमुकाममा इलाम अस्पतालसहित फिक्कल, पशुपतिनगर, प्याङ र मंगलबारेमा प्राथमिक स्वास्थ्य केन्द्र छन्। निजी रूपमा अस्पताल नभएको र इलाम अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव भइरहने हुनाले यहाँका बिरामी उपचारका लागि महँगो रकम तिरेर तराई र भारतका अस्पताल जान बाध्य छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार