Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दुई सातापछि सन्दकपुर गाउँपालिकाको लकडाउन खुल्यो

दुई सातापछि सन्दकपुर गाउँपालिकाको लकडाउन खुल्यो

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र १० २०७७


दुई सातापछि सन्दकपुर गाउँपालिकाको लकडाउन खुल्यो

सन्दकपुर । इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा १५ दिनदेखि जारी लाकडाउन अन्त्य भएको छ । मंगलबार बसेको गाउँकार्यपालिका बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको प्रवक्ता गिरीराज खनालले जानकारी दिए । पछिल्लो समय कोरोना भाइरसको जोखिम न्युनकरण हुँदै गएपछि लकडाउन खुलाएको हो ।

यसअघि कार्यपालिका सदस्यसहित स्थानीयमा समेत कोरोना भाइरसको संक्रमण देखिएपछि सन्दकपुर गाउँपालिकाले लकडाउन गरेको थियो । तीन साताअघि काठमाडौंबाट आएका स्थानीय अपरमाई पञ्चकन्या हाइड्रोपावर लिमिटेडको १२ जना कर्मचारीमध्ये ११ जनामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाले लकडाउन गरेको थियो ।

त्यसपछि गाउँपालिकाले कन्ट्याक ट्रेसिङका आधारमा पहिलो चरणमा १ सय २७ को जनाको कोरोना परिक्षण गराएका थिए । परिक्षण गराएकामध्ये गाउँ कार्यपालिका सदस्यसहित ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । दोस्रो चरणमा पुनस् २७ जनाको कोरोना परिक्षण गर्दा ४ जनाको पोजेटिभ आएको थियो । तर तेस्रो चरणमा पठाइएका ५५ जना सबैको रिपोर्ट नेगेटिभ आएपछि लकडाउन खुलाएको प्रवक्ता खनालले जानकारी दिए ।

लकडाउन खुलेपनि गाउँबाहिरबाट आएका मानिसहरुमा निगरानी बढाउने निर्णय गरेको छ । त्यसका लागि बाहिरबाट कोही अपरिचित मानिस आएको थाहा पाउनसाथ गाउँपालिकामा खबर गर्न गाउँबासीमा अनुरोध गरेको छ । साथै गाउँबासीहरुमा घरभित्रै बस्न, भीडभाड नगर्न, नियमित सरसफाईमा ध्यान दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार