Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अनिलको पहलमा अपर्णका लागि जुट्यो २ लाख ५५ हजार

अनिलको पहलमा अपर्णका लागि जुट्यो २ लाख ५५ हजार

  • नमीन ढकाल
  • बुधबार, भाद्र ३ २०७७


अनिलको पहलमा अपर्णका लागि जुट्यो २ लाख ५५ हजार

माई । मुत्रनलीमा ऐजरु पलाएर आर्थिक अभावका कारण उपचार गर्न नसकेका अपर्ण कार्कीको लागि सहयोग जुट्न थालेको छ । माई नगरपालिका–९ का अनिल लामाको सक्रियतामा विभिन्न देशमा रहेका नगरबासी र अन्य दाताहरुको सहयोगमा २ लाख ५५ हजार १ सय २० रुपैया सहयोग संकलन भएको हो । अपर्णको अवस्थाको बिषयमा लोकल सन्देश लगायत अन्य संचारमाध्यमबाट समाचार सम्प्रेषण भएपछि लामाले विदेशमा रहेका नेपालीहरुलाई सहयोगको लागि पहल सुरु गरेका थिए ।

एक साताको अवधिमा संकलन भएको रकम नगर प्रमुख दिपककुमार थेवेको उपस्थितीमा पिडित अपर्णको बाबु रन्जिर आमा उमालाई हस्तान्तरण गरिएको लामाले बताए । ‘ माई नगरपालिका–९ का रन्जित कार्कीको छोरा अपर्ण उपचार विना तड्पिरहेको अवस्थामा म मार्फत संकलन भइ आएको रकम पारदर्शी किसिमले प्रदान गरेको छु ।’ लामाले भने ‘यो अभियान बिहिबार देखि बन्द हुनेछ,कसैलाइ केही कुरामा चित्त नबुझेको भए अथवा मलाइ सल्लाह सुझाव दिनु छ भने ९८२५९१५३३६ / ९८४२१५२४३६ मा सम्पर्क गरिदिनुहोला ।’

इलामको माई नगरपालिकामा एकै परिवारका तीनजना बिरामी‚ उपचार गर्ने छैन जायजेथा

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख थेवे सहित वडा नम्बर ९ का अध्यक्ष लिला राई, नेकपाका नगर सचिव सचिव हेम लायो मगर, नेपाली काङ्ग्रेसका राम कार्की, प्रहरी प्रशासन, पत्रकार मित्र एवम स्थानिय बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो । गत ७ महिनाबाट अपर्ण मुत्रनलीमा ऐजरु पलाएपछि उपचारको आशमा बसेका छन् । आर्थिक अवस्था कमजोर रहेका कार्की परिवारले अपर्णको उपचार गराउन नसक्दा कुहिएर झर्न लागेको छ ।

अपर्णका दाजु मोतियाबिन्दुका कारण आखाँ राम्रोसंग देख्दैनन् । आमा उमा पाठेघारको समस्याका कारण सामान्य घरधन्दा बाहेक अरु काम गर्न नसक्दा समस्या रहँदै आएको छ । अपर्णका बाबु रन्जितले छोराको उपचारमा सहयोगका लागि ९८१५९२९६०९ मा सम्पर्क गरिदिनुहुन अपिल गरे।

 

प्रतिक्रिया
सम्बन्धित समाचार