Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको देउमाई नगरपालिकाकाे जोखिम क्षेत्र सिल

इलामको देउमाई नगरपालिकाकाे जोखिम क्षेत्र सिल

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन ३२ २०७७


इलामको देउमाई नगरपालिकाकाे जोखिम क्षेत्र सिल

फिक्कल । इलाका प्रहरी कार्यालय मंगलबारेमा कार्यरत प्रहरी निरिक्षकमा कोरोना पुष्टि भएपछि देउमाई नगरपालिकाको केन्द्र मंगलबारे बजार सहित ५ वटा वडा सिल गरिएको छ । प्रहरी निरिक्षकमा कोरोना पोजेटिभ पुष्टि भए पछि समुदायमा कोरोना फैलन नदिन देउमाई नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण आपतकालिन समितिको आज बसेको बैठकले ती क्षेत्र सिल गर्ने निर्णय गरेको हो । २८ गते देउमाई संक्रमणको सम्भावना रहेका व्यक्तिहरूको नमूना संकलन गरि परीक्षण गर्न पठाईएकोमा प्रहरी निरिक्षमा संक्रमण देखिएको थियो । उनी केही दिन अघि बिरगञ्ज स्थित आफ्नो घर पुगेर फर्किएका थिए ।

बैठकले आज रातको १२ बजेबाट लागुहुने गरि कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गरि रिपोर्ट नआउजेल सम्मका लागि सम्भावित संक्रमण फैलन वडा नम्बर ३,४,५,८र ९ का क्षेत्रमा सिल गर्ने निर्णय गरेको छ । नगरले आजैबाट लागुहुने गरि देउमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा शाखा कार्यालय ,वडा कार्यालयहरू, नगरपालिकाको क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालय,बैंक वित्तीय कार्यालय सहकारी तथा सम्पूर्ण सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवा देखि बाहेकका सम्पूर्ण सेवाहरू बन्दगर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी गोबिन्द बाँस्तोलाले जानकारी दिए ।

साथै मंगलबारे प्राथमिक स्वस्थ्य केन्द्रको आपतकालिन सेवादेखि बाहेका सेवा अर्को सूचना जारी नभए सम्मका सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरले उक्त विषम परिस्थितिमा सम्पूर्ण नगरबासीलाई अत्यावश्यक काम देखिबाहेक घरबाहिर ननिस्कन तथा निस्कनुपरे सुरक्षाको मापदण्ड पालना गर्न समेत अनुरोध गरेको छ । देउमाई नगरपालिकाका नगर प्रमुख सूर्य पोखरेलले समुदायमा कोरोना फैलन नदिन संभावित जोखीममा रहेका ब्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरेर रिर्पोट नआए सम्म नगरबासीलाई सावधानी अपनाएर बस्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार