सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा रहेको पञ्चकन्या हाइड्रोपावर मर्मत सम्भर गरेर फर्किएका ११ जना कर्मचारीहरुमा कोरोना देखिएपछि गाउँपालिका एक हप्ता सिल गरिएको छ । सन्दकपुर गाउँपालिकाको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले गाउँपालिका सिल गर्ने निर्णय गरेको हो ।
वडा नं २ र ४ को सिमानामा पर्ने माइखोलामा रहेको हाइड्रोपावरमा मर्मतका लागि कर्मचारीहरु २ हप्ता आएका सन्दकपुर आएका थिए । उनीहरु मावु स्थित तीनकुनेमा रहेको होटलमा ६ दिन बसेर काठमाण्डौ फकिएको सन्दकपुर गाउँपालिकाले जनाएको छ । पिसिआर टेस्टका क्रममा सवैमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा फैलन नदिन साउन २२ गते राती १२ बजेबाट अर्को निर्णय नभएसम्म सिल गरिएको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले जानकारी दिए ।

गाउँपालिकाले अन्तर स्थानीय तह, वडाहरु जोडने सिमा नाका सिल गर्नुका साथै हाटबजार, बजार क्षेत्र सरकारी तथा गैर सरकारी कार्यालयहरु, यातायात र शैक्षिक संस्था बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले जानकारी दिए ।