Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका क्षेत्र राती १२ बजेबाट लकडाउन

सूर्योदय नगरपालिका क्षेत्र राती १२ बजेबाट लकडाउन

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २२ २०७७


सूर्योदय नगरपालिका क्षेत्र राती १२ बजेबाट लकडाउन

फिक्कल । सूर्योदय नगरपालिकामा आज राती १२ बजेबाट अनिश्चितकालका लागि लकडाउन घोषणा गरिएको छ । नगर कार्यपालिकाको ९५ औ आकस्मिक बैठकको निर्णय अनुसार लकडाउन गर्ने घोषणा गरिएको नगरद्धारा जारी सुचनामा उल्लेख छ । पछिल्लो समय सूर्योदय नगरपालिका सहित जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नगरपालिकाले यो निर्णय गरेको वडा नं १० का अध्यक्ष पेमा उगेन लामाले बताए ।

कोरोनाको संभावित बढ्दो जोखिमलाई नगर क्षेत्रभित्र नियन्त्रण गर्न यस क्षेत्रका कृषिजन्य उत्पादन, दुग्द्यजन्य उत्पादन, दैनिक उपभोग्य खाध्यान्न बस्तु, अत्यावश्यक इन्धन, औषधी ओसारपसार आपुर्ति कार्य बाहेक अन्य स्थानीय यातायात, होटल रेस्टुरेन्ट, होमस्टे, हाटबजारहरु, टोल समाजमा भिडभाड हुने क्रियाकलापहरु संचालन गर्न नपाइने भएको छ ।

त्यसैगरी सरकारी कार्यालय संघसंस्था, सामुदायिक तथा आवासीय विद्यालय, इन्स्टीच्युट, गैर सरकारी संस्था एवम सामाजिक संघसंस्था लगायतबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु समेत संचालन नहुने प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलद्धारा जारी गरिएको सुचनामा उल्लेख छ ।

खाध्यान्न पसल र खाध्यान्न सामग्रीको हकमा बिहान ८ बजेबाट १२ बजेसम्म मात्र सामाजिक दुरी र सुरक्षाका न्युनतम मापदण्ड पालना गरी खुल्ला गर्ने गराउने व्यहोरा सुचनामा उल्लेख छ । यो निर्णय अर्को सुचना जारी नभएसम्मको लागि लागु हुने नगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार