Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

विकास मल्ल बने राष्ट्रिय टोलीको गोलरक्षक प्रशिक्षक

विकास मल्ल बने राष्ट्रिय टोलीको गोलरक्षक प्रशिक्षक

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २० २०७७


विकास मल्ल बने राष्ट्रिय टोलीको गोलरक्षक प्रशिक्षक

इलाम । विश्वकप तथा एएफसी एसियाकप छनौट खेलका लागि नेपालको गोलकिपिङ प्रशिक्षकमा पुर्व राष्ट्रिय गोलरक्षक विकास मल्ल नियुक्त भएका छन् । एन्फाको प्राविधिक समितिले मंगलबार मल्ललाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको एन्फा वेबसाइटमा उल्लेख गरिएको छ । नेपाली राष्ट्रिय टोलीमा सन २००५ देखी २०१३ सम्म बिताएका मल्लले एएफसी लेभल १ गोलकिपिङ कोचिङ सर्टिफिकेट, एएफसी सी कोचिङ लाइसेन्स र फिफा एमए सर्टिफिकेट प्राप्त गरेका छन् ।

उनले घरेलु फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको गोलरक्षक तथा कप्तानको भुमिका समेत निर्वाह गरिसकेका छन् । उनी एन्फाको पहिलो ब्याचका गोलरक्षक समेत हुन् । सन २००५ मा पाकिस्तानमा भएको साफ गेममा भेट्रान गोलरक्षक उपेन्द्रमान सिंहको स्थानमा भारत विरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । नेपाली टिमबाट उनले १९ क्याप जितेका छन् । मल्लले पूर्व जापानिज गोलकिपिङ प्रशिक्षक हिरो मित्सुमारुको स्थान लिने छन् ।

एन्फाका अनुसार मल्लले फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटतर्फ होमग्राउन्डमा बाँकी खेलहरुका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् । नेपालले आगामी ८ अक्टोबरमा चाइनिज ताइपेइ, १३ अक्टोबरमा अष्ट्रेलिया र १२ नोभेम्बरका दिन जोर्डनसंग प्रतिस्पर्धा गर्नेछ । सुरुवाती ५ खेलमा १ जित निकालेको नेपाल ५ राष्ट्र सम्मिलित समूहको चौथो स्थानमा छ । नेपालले एकमात्र जितको रुपमा ताइपेइको मैदानमा २–० को जित निकालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार