Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

क्रियाशिल युवा व्यवसायीले गरे मेघराजलाई सहयोग

क्रियाशिल युवा व्यवसायीले गरे मेघराजलाई सहयोग

  • लोकल सन्देश
  • सोमबार, साउन २३ २०७४


क्रियाशिल युवा व्यवसायीले गरे मेघराजलाई सहयोग

इलाम,। पेटमा प्वाल बनाएर दिशा गर्दै आएका ५ बर्षिय बालक मेघराज कोइरालाको उपचारको लागी क्रियाशिल युवा व्यवसायी मञ्च इलामले सहयोग गरेको छ । आज इलामका युवा व्यवसायीहरुबाट संकलित नगद १४ हजार ५ सय ५५ रुपैया मञ्चका अध्यक्ष प्रकाश चापागाईले मेघराज कोइराला उपचार सहयोग समितीका अध्यक्ष महेश श्रेष्ठलाई हस्तान्तरण गरे ।

मेघराजको गत बुधवार काठमाण्डौ मोडल अस्पतालमा सफल शल्यक्रिया भएको थियो । जन्मेको १९ दिनको भएका बेला देखी दिशा गर्न नसकेका उनको भारत सिलिगुडीस्थित पारामन्ड अस्पतालले शल्यक्रिया गरी पेटमा प्वाल पारेर दिसा गर्ने विकल्प बनाइदिएको थियो । तर, परिवारलाई थप उपचार गर्न आर्थिक अभावले बालकलाई मलद्वारबाट दिसा गर्ने सामान्य अवस्थामा ल्याउन सकेको थिएन ।

मेघराजका बुबा निर्मल भने साउन १३ गते छोराकै उपचारमा खर्च भएको ऋण तिर्न र घरायसी आवश्यकता पूरा गर्न दुवइ गएका छन । निर्मल ४ वर्षअघि पनि वैदेशिक रोजगारीमा दुवई गएका थिए । तर, उनी विदेशमा रहेको बेला पत्नी लक्षीमाया तामाङले बिरामी छोरालाई समेत त्यागेर अर्काे बिहे गरेपछि निर्मल २ महिनामै विदेशबाट घर फर्केका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार