Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा शसस्त्र प्रहरीसँग सम्पर्कमा आएका सबैको रिर्पोट नेगेटिभ

माईजोगमाईमा शसस्त्र प्रहरीसँग सम्पर्कमा आएका सबैको रिर्पोट नेगेटिभ

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन १७ २०७७

माईजोगमाईमा शसस्त्र प्रहरीसँग सम्पर्कमा आएका सबैको रिर्पोट नेगेटिभ

नयाँबजार । सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलाममा कार्यरत कोरोना संक्रमित ३५ बर्षिय शसस्त्र प्रहरी जवानसंग सम्पर्कमा आएका माईजोगमाई–४ का सबैको रिर्पोट नेगेटिभ आएको छ । उनको ६ जनाको परिवार सहित स्वाब संकलन गरिएको २३ जनामा कोरोनाको संक्रमण नदेखिएको माईजोगमाई स्वास्थ्य शाखा प्रमुख रामशंकर देबले बताए ।

उनीहरु सबैको साउन १३ गते मंगलबार स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको थियो । असार २७ गते बिदामा आएका शसस्त्र प्रहरी जवानलाई साउन ११ गते कोरोनाको संक्रमण देखिएपछि कन्टयाक ट्रेसिङमा आएकाहरुको स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार