Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा ६ जना सुरक्षाकर्मी सहित ९ जना संक्रमित

इलाममा ६ जना सुरक्षाकर्मी सहित ९ जना संक्रमित

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन ११ २०७७


इलाममा ६ जना सुरक्षाकर्मी सहित ९ जना संक्रमित

इलाम । इलाममा एकै दिन ६ जना सुरक्षाकर्मी सहित ९ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण पोजेटिभ देखिनेमा शसस्त्र प्रहरीका ५ जना, क्वारेन्टाइन सुरक्षामा खटिएका नेपाल प्रहरीका एक जना हवलदारमा र अन्य ३ जना रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिए । भारतबाट आएर इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका इलाम नगरपालिका–६ का एक पुरुष, क्वारेन्टाइनमा खटिएका एक कर्मचारी र माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोनाको पुष्टि भएको बरालले जानकारी दिए ।

शसस्त्र प्रहरीका १२ जना झापामा खटिएर आएपछि उनीहरुको परिक्षण गरिएको बरालले जानकारी दिए । संक्रमित सवैलाई विराटनगर स्थित कोभिड अस्पताल पठाउने तयारी भइरहेको छ ।  सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि गणबाट नियमीत गस्ति नहुने भएको छ । शसस्त्र प्रहरीलाई गण बाहिर ननिकाल्ने गणपती रोशन श्रेष्ठले बताए । इलामबाट सशस्त्र प्रहरीका १२ जना सहित ५६ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि पठाइएको थियो । यसअघि इलामका २६ जनामा संक्रमण देखिएको थियो । आइतबार नौ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार