Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा आज थपिए २ कोरोना संक्रमित

इलाममा आज थपिए २ कोरोना संक्रमित

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ६ २०७७


इलाममा आज थपिए २ कोरोना संक्रमित

इलाम : इलाममा आज दुईजनामा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको क्वारेन्टाइनमा खटिएका ३३ र ३७ वर्षिय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालले बताए । ४० जनाको पिसिआर परिक्षण गरिएकोमा दुईजनाको रिपोट पोजेटिभ आएको जनाइएको छ । उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको थियो ।

२ जना थपिएसंगै संक्रमितको संख्या २६ पुगेको छ । संक्रमित मध्ये २२ जना पुरुष र ४ जना महिला रहेका छन । संक्रमित दुवै जनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा लागिने भएको छ । इलाममा संक्रमित १२ जना निको भएर घर फर्किएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार