सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकाले किसान लक्षित कार्यक्रम मार्फत अग्रणी किसानलाई पशु र घाँसको बिरुवा बितरण गरेको छ । गाउँपालिकाले कृषिबाटै किसानको आयस्तर बृद्धि गर्ने उद्देश्यले वडा कार्यालय मार्फत किसानलाई पशु र घाँसको बीउँ बितरण गरेको हो । गाउँपालिकाले चालु आर्थिक बर्षको अन्त्यमा गाउँपालिकाका बिपन्न महिला लक्षित कार्यक्रम मार्फत पाँचबटै वडामा तीन÷तीन लाख रुपियाँका दरले सहयोग गरेको छ । गाउँपालिकाले वडा नम्बर १ मा ४२ जना किसानलाई बंगुरका पाठापाठी बितरण गरेको छ । वडा नम्बर २ मा अधिकांश किसानलाई अल्लो (सिस्नो खेती) मा सहयोग गरेको छ ।
वडा नम्बर ३ मा २३ जनालाई कोरली बाछी बितरण गरेको सन्दकपुर गाउँपालिकाका कृषि तथा पशुपंछी बिकास शाखा प्रमुख सविन भट्टराईले जानकारी दिए । शाखा प्रमुख भट्टराईका अनुसार वडा नम्बर ४ मा ३९ जनालाई बंगुरका पाठापाठी र ११ जनालई बाख्राका पाठी बितरण गरिएको छ । यस्तै वडा नम्बर ५ मा २५ जनालाई बाख्राका पाठी बितरण गरेको छ ।
गाउँपालिकाले २८ जना किसानको भकारो सुधार कार्यक्रममा आर्थिक सहयोग गरेको छ । भकारो सुधार कार्यक्रम पूर्ण रुपमा प्रभावकारी भएको शाखा प्रमुख भट्टराईले जानकारी दिए। गाउँपालिकाले पाँचवटै वडामा सहकारी मार्फत ४० हजार सुपर नेपीयर घासँको बिरुवा बितरण गरेको छ ।
किसानका नेपीयर घासको बिरुवा बितरण
गाउँपालिकाले चालु आर्थिक बर्षमा गाउँपालिका का संभावित क्षेत्रका किसानलाई एक लाख माछाका भुरा बितरण गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्ष किसानलाई थप कार्यक्रम ल्याउन गाउँपालिकाभरी कृषि र पशुपालनको संभाब्यता समेत अध्ययन गरेको छ । आगामी बर्ष संभाब्यता हेरेर कृषि र पशुपालनमा लगानी बढाईने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए । उनका अनुसार आगामी बर्ष गाउँपालिकामा किसान लक्षित कार्यक्रमलाई प्राथमिक्ता दिईने छ ।
गाउँपालिका अध्यक्ष उदय बहादुर राईले किसानलाई कृषिबाटै आत्मर्भिर बनाउनका लागि गाउँपालिकाले अध्ययनको काम गरीरहेको जानकारी दिए । उनले भने ‘हामी किसानको पहिचान गरी लक्षित कार्यक्रम किसानका घर घरमा पु¥याउने योजनामा छौ ।’ अध्यक्ष राईले किसानलाई ब्यवसायीक र आत्म निर्भर बनाउन किसानका घर घरमा पुग्ने लक्ष्य सहित काम थालिने जानकारी दिए ।
