Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

फिक्कलका रगुनको गीत ‘एकान्तमा झेल्दै छु म कोरोनाको कहर’ सार्वजनिक (भिडियो सहित)

फिक्कलका रगुनको गीत ‘एकान्तमा झेल्दै छु म कोरोनाको कहर’ सार्वजनिक (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २ २०७७


फिक्कलका रगुनको गीत ‘एकान्तमा झेल्दै छु म कोरोनाको कहर’ सार्वजनिक (भिडियो सहित)

फिक्कल : शिक्षणसंगै संगीतलाई अघि बढाएका गायक रगुन गुरुङको नयाँ गीत ‘एकान्तमा झेल्दै छु म कोरोनाको कहर’ सार्वजनिक भएको छ । जीएम नेपाल नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । जय भण्डारीको शब्द रहेको गीतमा संगीत, एरेन्ज र मिक्सिङ रुवेन शाहीको रहेको छ । बसन्त राईको सम्पादन र निर्देशन रहेको भिडियोमा अस्मिता कटुवाल, बसन्त राई र सुदिप खतिवडाले अभिनय गरेका छन् ।

गीतले कोरोनाको कहरका कारण परेको समस्यासंगै प्रेम सम्बन्धमा आएको फाटोको बिषयमा सन्देश दिएको गायक गुरुङले बताए । गुरुङ सूर्योदय नगरपालिका–९ फिक्कलमा रहेको न्यू वल्र्ड इङग्लिस सेकेन्डरी बोर्डिङका प्रिन्सिपल हुन् । यता गीतकार भण्डारी शिक्षण पेशाबाट सेवा निवृत भएर अहिले साहित्य तर्फ कलम चलाइरहेका छन् ।

कोरोनाको जोखिमका बिचमा रेकडिङ स्टुडियोसम्म पुग्न समस्या भएपछि संचारकर्मी पवित्रा राईको सहयोगमा स्थानीय रेडियो फिक्कलमा नै गीत रेकडिङ र सुटिङ स्पष्टसम्म पुग्न समस्या भएकाले रञ्जित श्रेष्ठको सहयोगमा लिपसिङ आइफोनबाटै गरेर पठाइदिएको गुरुङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार