इलाम : इलामका थप दुई जनामा कोरोना भाइरस ( कोभिड–१९० संक्रमण पुष्टि भएको छ । भारतको बेङलोरबाट आएर सूर्योदय नगरपालिका–११ को करफोक माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका २५ र २६ बर्षिय महिलामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई गोठगाँउको पूर्वाञ्चल विश्वविद्यालयमा रहेको कोरोना अस्पतालमा उपचारको लागि पठाइएको स्वास्थ्य कार्यालय इलामका फोकल पर्सन बिमल बरालले जानकारी दिए ।
मंगलबार २ जना थपिएसंगै इलामका कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ पुगेको छ । जिल्लाका ४ नगरपालिका र २ गाउँपालिकामा कोरोना संक्रमित पुष्टि भइसकेका छन् । सूर्योदय नगरपालिकामा १० जना, इलाम नगरपालिका २ जना, देउमाई नगरपालिका, माई नगरपालिका सन्दकपुर गाउँपालिका र रोङ गाउँपालिकामा १÷१ जना फेला परेका छन् । हाल जिल्लामा १० जनाले कोरोना जितेर फर्किएका छन् ।