Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भानु जयन्तीको अवसरमा अरनिको संग्रहालयमा शालिक अनावरण

भानु जयन्तीको अवसरमा अरनिको संग्रहालयमा शालिक अनावरण

  • सन्देश सम्वाददाता
  • सोमबार, असार २९ २०७७


भानु जयन्तीको अवसरमा अरनिको संग्रहालयमा शालिक अनावरण

 

इलाम । आदिकवि भानुभक्त आर्चायको २०७ औ जन्मजयन्तीको अवसरमा इलाम नगरपालिका–७ पुरानो दरबारमा रहेको अरनिको सांस्कृतिक संग्रहालयमा रहेको २ वटा शालिकको अनावरण गरिएको छ । ३ लाख ४० हजारको लागतमा नरसिंहा र दमाहा बोकेको मानिसहरुको पुर्णकदको शालिक इलाम नगरप्रमुख महेश बस्नेत र प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले अनावरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले संग्रहालयमा नेपालको राष्ट्रिय झन्डाको झन्डोतलन गरे । इलामको ठुलो टुडिखेल नजिकै रहेको भानुभक्त अर्धकदको शालिकमा माल्यापर्ण गरे कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा भानुभक्तद्धारा लिखित कान्तिपुरी नगरी कवितालाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कोमल निरौलाले संगीत भरेर बाचन गरे ।

अन्य उपस्थित इलामे श्रष्टाहरुले आ–आफनो सृजना बाचन गरेका थिए । कार्यक्रममा बोल्दै जिसस प्रमुख बरालले अरनिको संग्रहालय इलामको बिशेष पर्यटकिय गन्तव्य बन्न सक्ने बताए । उनले जिल्लाको पहिचानलाई स्थापित गर्न बनाइएको संग्रहालयले इलामलाई विश्वमाझ चिनाउन सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रमका विशेष अतिथि नगर प्रमुख बस्नेतले टुक्रा टुक्रमा विभाजित हुने अवस्थामा रहको नेपाललाई साहित्यको माध्यमबाट भानुभक्तले जगाएको राष्ट्रियताको बारेमा धारणा राखे ।

उनले भानुभक्तले भाषा र साहित्यको माध्यमबाट जगाएको आशाको किरणले नेपाली समाज समृद्धिको दिशामा हिड्न सकेको बताए । कार्यक्रम इलाम साहित्य तथा कला सङ्गीत प्रतिष्ठानकी अध्यक्ष टिका घिमिरको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार