Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको सूर्योदयमा पनि सलह किरा देखियाे

इलामको सूर्योदयमा पनि सलह किरा देखियाे

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार १८ २०७७


इलामको सूर्योदयमा पनि सलह किरा देखियाे

फिक्कल ।  इलाममा पनि विनासकारी सलह किरा देखिन थालेको छ । सूर्योदय नगरपालिका वडा नम्बर एकको धजेमा आज बिहान करिब ११ बजे देखिएको सलहको झुण्डले चिया मकै,इस्कुस लगायत बालिनालीमा क्षति पुर्याएको स्थानिय कुल प्रसाद ढकालले जानकारी दिए । चन्द्रकला प्रावि का शिक्षक समेत रहेका ढकालका अनुसार, ‘स्थानिय चेतन ढकालको चियाबगानमा र अन्यको बालीनालीमा सलहले क्षति पुर्याएको हो । करिब १० रोपनी क्षेत्रफलमा लगाईएको चिया बगानमा बसेको किराले चियाको मुना खानुका साथै चुँडाएर नष्ट समेत गरेको जनाईएको छ ।’

क्षतिको यकिन विवरण अहिले नै दिन नसकिने भएपनि नजिकैको रुङसुङ खोलाको किनार हुँदै प्रवेश गरेको सलहको झुण्डले आफुहरुको चिया , मकै , इस्कुस लगायत खेतीबालीमा क्षति पुर्याएको किसान किशोर खतिवडाले बताए । सूर्योदय नगरपालिकामा बुधबार सलह जस्तै देखिने किरा काटुनमा हालेर ल्याएको थियो । छिचिमिरा झैँ अचानक करिब एक हजार बराबरको झुण्डमा देखिएका सो किरा स्थानियले नियन्त्रणमा लिने प्रयास गरेका थिए । करिब २०÷२५ वटा मात्र नियन्त्रणमा लिन सकिएपनि मानिस छेउ पुग्ने बित्तिकै तिव्र गतिमा भाग्ने भएकाले नियन्त्रण सम्भब नभएको अर्का किसान सुजन खतिवडाले बताए ।

 

केही दिन अघि नेपाल भित्रिएको सलह किरा पहाडी क्षेत्रमा पनि उक्लिएको हो । अहिले धेरै ठुलो संख्या नभए पनि करिब एक हजारको झुण्ड देखा परेको उनले बताए । फेद कटुवा किरा र फौजी किराको प्रकोप झेलिरहेका इलामका विभिन्न ठाउँका किसानहरू सलह किरा पनि देखिन थालेपछि चिन्तित बनेका छन् । फेद कटुवा किराले मकै बाली नष्ट गरेपछि दोस्रो पटक लगाएको मकैमा सलहको समेत प्रकोप देखिन थालेपछि अनिकाल हुने चिन्ता थपिएको किसान पुजन खतिवडाको भनाई छ ।

अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार