Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश सांसद लङ्वाको निर्वाचन क्षेत्रमा भौतिक पुर्वाधारकाे लागि ३३ करोड बढि बजेट

प्रदेश सांसद लङ्वाको निर्वाचन क्षेत्रमा भौतिक पुर्वाधारकाे लागि ३३ करोड बढि बजेट

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार १६ २०७७


प्रदेश सांसद लङ्वाको निर्वाचन क्षेत्रमा भौतिक पुर्वाधारकाे लागि ३३ करोड बढि बजेट

इलाम निर्वाचन क्षेत्र नं १ को क मा आगामी आर्थिक बर्षको लागि भौतिक पुर्वाधारकाे क्षेत्रमा ३३ करोड २ लाख ५१ हजार रुपैया विनियोजना भएको छ । प्रदेश सांसद खिन लङ्वा लिम्बुको पहलमा प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय अन्र्तगतको सडक पुल महाशाखा र सहरी विकास तथा भवन डिभिजन इलाम मार्फत कार्यान्वयन हुने २० वटा योजनाहरुका लागि बजेट विनियोजना गरिएको हो । सडम पुल महाशाखाबाट कार्यान्वयका लागि आगामी आर्थिक बर्षमा इलाम बजारबाट सन्दकपुर जोडने पर्यटकीय सडक कालोपत्रेका लागि ७ करोड रुपैया बिनियोजना गरिएको छ ।

रुङसुङ चोक गोर्खे मानेडाँडा माईजोगमाई गाउँपालिका हुँदै सन्दकपुर जोडने सडकलाई १ करोड, फिक्कल–गुम्वापथ–आरुबोटे हुँदै माईजोगमाई जोडने सडकलाई १ करोड १० लाख, फिक्कल–जोगमाई– नयाँबजार–दुधाङ हुँदै इलाम जोड्ने ४५ किलोमिटर बहुबर्षे सडक कालोपत्रेको लागि ७ करोड रुपैया बिनियोजना गरिएको छ । त्यसैगरी माईखोला मोटरेवल पुल रुलुप इलामका लागि १ करोड, धुवा खोला पुल १ करोड र साकमा खोला झोलुङ्गे पुल सन्दकपुर गाउँपालिकामा ५ लाख रुपैया बिनियोजन गरिएको सांसद लङ्वाले जानकारी दिइन् ।

सहरी विकास तथा भवन डिभिजन इलाम मार्फत कार्यान्वयका लागि सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली बजारमा सामुदायिक भवन निर्माणका लागि ४० लाख रुपैया बिनियोजना भएको छ । प्रदेश एकको पर्यटकिय गन्तव्य सन्दकपुर हिलमा गेष्ट हाउस निर्माणका लागि ४० लाख, सूर्योदय नगरपालिकाको फिक्कलमा आधुनिक भवन निर्माणमा १० लाख, मानेभञ्ज्याङ देखी चित्रे गुम्वा ट्रेकिङ रुट निर्माणमा १० लाख, कुलधारा मार्ग नाली निर्माणमा १० लाख, तीनतल्ले झर्ना पर्यटन पुर्वाधार निर्माणमा १० लाख रुपैया बिनियोजना भएको छ ।

त्यस्तै सूर्योदय नगरपालिकाको रानी वनवाटिका पर्यटन पुर्वाधारमा १० लाख, कुट्टी वन पर्यटन पुर्वाधारका लागि १० लाख, थुम्केमा भ्युटावर निर्माणमा १० लाख, सुत्लुङ्ग श्रीजङ्ग पार्क निर्माण १० लाख, माईजोगमाईको सात तल्ले झर्ना पुर्वाधार निर्माण १० लाख, जरायोटार झिल पुर्वाधार निर्माण १० लाख र माईजोगमाईमा आधुनिक भवन निर्माणका लागि ७५ लाख रुपैया बिनियोजना गरिएको छ । इलाम क्षेत्र नं १ को क मा जनता आवास कार्यक्रमले समेत निरन्तरता पाउने लङ्वाले बताइन् ।

उनले स्वास्थ्य र पर्यटन क्षेत्रको बजेट आउन बाँकी रहेको बताइन् ।‘ भौतिक पुर्वाधार निर्माणले केही पर्यटनका योजनाहरु समेटेको छ । तर पर्यटन मन्त्रालयको बजेट भने आउँन बाँकी छ ।’ लङ्वाले आफनो निर्वाचन क्षेत्रका जनताहरुको सेवा सुविधाका लागि हरसम्भव प्रयास गरेर प्रदेश सरकारको विकासको आभाष गराउन आफु कटिवद्ध भएर लागेको बताइन् ।

खानेपानीको लागि ५ करोड बढि रकम
खानेपानी तथा सरसफाइ महाशाखाबाट आगामी आर्थिक बर्षको लागि ५ करोड ३५ लाख ५१ हजार रुपैया बिनियोजना भएको छ । २० वटा योजनाका लागि सो बजेट बिनियोजना भएको हो । पशुपतिनगर खानेपानी आयोजनाका लागि ३० लाख, माबुधाम खानेपानी आयोजनामा २० लाख, थरे गाउँ ६ खानेपानी आयोजनामा ५ लाख, पञ्चकन्या लक्ष्मीपुर खानेपानी आयोजनामा २० लाख रुपैया छुटयाइएको छ । फिक्कल गोर्खे खानेपानी आयोजना ३० लाख, माइमझुवा खानेपानी आयोजना २० लाख, गोदक खानेपानी आयोजना (३० लाख, पशुपतिनगर खानेपानी आयोजना (४० लाख, खोलागाऊँ खानेपानी आयोजना ४० लाख रुपैया रहेको छ ।

त्यसैगरी इङ्ला जमुना खानेपानी आयोजना ५ लाख, धर्जे मकरज्ङ्ग खानेपानी आयोजना १५ लाख, नयाँ वजार माइजोगमाइ बृहत खानेपानी आयोजना १० लाख, प्रेमेजुङ्ग बृहत खानेपानी आयोजनामा १० लाख, बुलुङ खोला धावा खानेपानी आयोजना ५० लाख रहेको छ । बौद्धधाम गुणस्तर खानेपानी आयोजना २० लाख, तुम्लिङ गुराँसे खानेपानी आयोजना ५ लाख ५१ हजार, फिक्कल कन्याम खारयो सुधार बिस्तार आईतबारे १ करोड २५ लाख, गोर्खे २ खानेपानी आयोजना २० लाख, तल्लो गोदक खानेपानी आयोजना (२० लाख र पशुपति वजार रुङ्गसुङ्ग बृहत खानेपानी आयोजनामा २० लाख रुपैया रहेको छ ।
जलश्रोत र सिचाइका लागि ७ करोड ६० लाख
भौतिक पुर्वाधार तथा योजना मन्त्रालय अन्तगर्त जलश्रोत तथा सिचाइका लागि ७ करोड ६० लाख रुपैया बिनियोजना भएको छ । पुवाखोला साउने मूलडाँडा खोला मुहान सिचाइ योजना सन्दकपुरका लागि १ करोड ५० लाख, छिपछिपे सिचाइ योजना गोर्खेमा २५ लाख, श्रीखोला सिचाइ योजना गोर्खे ६० लाख, गिताङ्ग सिचाइ योजना मझुवा इलाम ६० लाख, गौरीगाँऊ स्प्रिङ्गकलर नया प्रविधि सिचाइ योजना गोदकका लागि ८० लाख रुपैया छुटयाइएको छ ।

स्प्रिङ्गकलर नयाँ प्रविधि सिचाइ योजना माईमजुवा इलाममा ५० लाख, दहाल खोला टारी बेशी सिचाइ योजना सन्दकपुरका लागि ५ लाख, श्रीखोला सिचाइ योजना सूर्योदयका लागि २० लाख, गिताङ्ग सिचाइ योजना सन्दकपुरका लागि ३० लाख, धुवा खोला सिचाइ योजना सन्दकपुर ६० लाख, आन्द्रे खोला सिचाइ योजना ६० लाख रहेको छ ।

त्यसैगरी ढाडे खोला सिचाइ योजना माईजोगमाई ४० लाख, खड्के खोला सिचाइ योजना माईजोगमाई २५ लाख, रम्फोक खोला सिचाइ योजना सूर्योदय ५० लाख, ढोडे खोला केराबारी स्प्रिङ्गकलर सिचाइ नयाँ प्रविधि सिचाइ योजना ७ लाख र गैरी गाउँ स्प्रिङ्गकलर नयाँ प्रविधिक सिचाइ योजनाका लागि ८ लाख रुपैया रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार