इलामको माई नगरपालिकामा कोरोना संक्रमण नेगेटिभ भनेर घर पठाइएका एक युवामा लक्षण पोजेटिभ देखिएको छ । असार ४ गते भारतको गुजरातबाट आएका माई नगरपालिका–३ बरपानीका युवामा शनिबार नेगेटिभ रिर्पोट भनिएको थियो । तर आइतबार विहान उनमा कोरोनाको संक्रमण देखिएको बिराटनगरबाट जानकारी आएपछि उपचारका लागि गोठगाँउमा रहको पुर्वाञ्चल विश्वविद्यालयको कोरोना अस्पताल लगिएको माई नगरपालिकाका प्रशासकिय अधिकृत नविन पौडेलले जानकारी दिए ।
ती युवामा संक्रमण देखिएपछि उनीको घर सिल गरिएको छ । परिवारलाई होम क्वारेन्टाइनमा राखेर एक सातापछि पिसिआर टेस्ट गरिने भएको छ । छिमेकीहरुलाई समेत कोरोना सुरक्षा सम्वन्धी अत्यावश्यक सामाग्री वितरण गर्ने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख पुस्कर कट्टेलले जानकारी दिए ।