इलाम । जिल्ला शिक्षा कार्यालय इलामको सहयोगमा निर्माण सम्पन्न भएको वौध विद्यालयको भवन उद्धघाटन गरिएको छ । शिक्षा कार्यालयको १६ लाख र जनश्रमदान गरी २१ लाख ७ हजार ३४ रुपैयाको लागतमा निर्माण भएको माईजोगमार्इ गाउँपालीका वडा नं १ को साङगेछोवोलीङ गुम्वामा रहेको श्री हिसे होसल सेरव रडिलिङ आधारभुत विद्यालय भवनको एक कार्यक्रम विच जिल्ला शिक्षा अधिकारी टंक प्रसाद गौतमले उद्धघाटन गरेका हुन । आधारभुत विद्यालयमा वौध शिक्षा साथै नैतिक ज्ञान सिकाई गदै आएको लामा लोपेन छेतेनले जानकारी दिए ।
कार्यक्रममा वोल्दै जिशिअ गौतमले संस्कार, सस्कृति र नैतिक शिक्षा को पठन पाठन हुने भएकोले वौध मात्र नभएर स्थानीय हरुलाई धार्मिक एवंम सास्कृतिक ज्ञानको शिक्षालय भएको धारणा राखे । उद्घघाटन कार्यक्रममा गाउपालीका अध्यक्ष जीत वहादुर राई, कार्यकारी अधिकृत तोपलाल भुसाल, अमर कल्याण मावीका श्रोत व्यक्ती केशव राज पौडेल प्रधानअध्यापक धनवहादुर भण्डारी, वडा अध्यक्ष याम कुमार कार्की लगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय कलाकार लोक गायक तथा नृत्य निर्देशक ईन्द्र वहादुर गुरुङले लोक भाका सुनाएर कार्यक्रमको उद्धघाटन गरेका थिए । साथै स्थानीय जातीय झाकी र साँस्कृतिक कार्यक्रम समेत भएको थियो ।