Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पुर्व कप्तान सागर थापाको प्रश्न : ‘करियर बबार्द गरेको क्षतिपुर्ति कस्ले दिन्छ ?’

पुर्व कप्तान सागर थापाको प्रश्न : ‘करियर बबार्द गरेको क्षतिपुर्ति कस्ले दिन्छ ?’

  • नमीन ढकाल
  • मंगलबार, असार २ २०७७


पुर्व कप्तान सागर थापाको प्रश्न : ‘करियर बबार्द गरेको क्षतिपुर्ति कस्ले दिन्छ ?’

इलाम । अन्तराष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले पुर्व कप्तान सागर थापा सहित ५ जना खेलाडीलाई सफाइ दिएको छ । उनीहरुसँगै फिजियो डेजिप थापाले सफाइ पाएका छन् । २ बर्षअघि बिशेष अदातलबाट सफाई पाएका थापा सहित पूर्व गोलकिपर रितेश थापा, अञ्जन केसी, विकास सिंह क्षेत्री, उपकप्तान सन्दीप राईको मुद्धा सरकारी वकिलले सर्वोच्च अदालतमा लगेका थिए । त्यसपछि उनीहरुको लागि सर्वोच्च अदालतबाट न्यायको प्रतिक्षामा थियो ।

आज सर्वोच्च अदालतले समेत सफाइदिएपछि सागरले नेपाली फुटबलमा कम्व्याकको पर्खाइ रहेको बताए । थाहाखबरसँग कुरा गर्दै थापाले एसियाली फुटबल महासंघसँग प्रतिबन्ध फुकुवा गर्न एन्फाबाट पहल गर्नुपर्ने बताए । एन्फालाई प्रश्न गर्दै थापाले भने ‘हामीलाई नेपालको कानुनले पटक पटक सफाइ दिएको छ अब एन्फाले प्रतिबन्ध फुकुवा गर्न कहिले पहल गर्छ ?’

एएफसीले सकारात्मक निर्णय दिए फेरि खेल जगतमा लाग्ने कप्तान थापाले बताए । ‘ फुटबलमा कमव्याक गर्ने सोचेर बसेको छु ।’ उनले भने ‘ वास्तविकतामा भन्नुपर्दा लामो समयको ग्यापका कारण फेरी फुटबल फर्कन पक्कै गाह्रो हून्छ । फुटबल क्षेत्रमा आएर खेल्न सके खेल्ने नसके फुटबल विकासमा लाग्नेछु । यो बारेमा एन्फाले सोचोस् ।’ उनले नेपाली फुटबलमा उचाई लिइरहेको समयमा भएको प्रतिबन्धको क्षतिपुर्ति दिनुपर्ने बताए ।

‘ फुटबल करियर त सकियो समाजमा समेत बेइज्जत गराइयो । अब क्षतिपुर्तिको कुरा हून्छ । यत्रो बर्ष फुटबलमै विताइयो । फुटबलमै भविष्य बनाउने सोच बनाएसँगै प्रतिबन्ध लगाइयो । त्यो समय देखी अहिलेसम्म ५ बर्षसम्म खेल्न नपाउँदाको क्षतिपुर्ति कस्ले दिने भन्ने प्रश्न आउनुपर्छ’ उनले भने ‘एन्फाले दिने की सरकारले ?’ फुटबलमा कमव्याकको लागि एएफसीको फुकुवा मात्र अब बाँकी रहेको उनले बताए ।

महानगरीय प्रहरी अपराध महाशाखाले २०७२ साल असोज २७ गते म्याच फिक्सिङको आरोपमा सागरसहित पूर्व गोलकिपर रितेश थापा, अञ्जन केसी, विकास सिंह क्षेत्री, उपकप्तान सन्दीप राईलाई पक्राउ गरेको थियो । उनीहरुको विरुद्ध २०७२ कात्तिक २२ गते उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएपनि कात्तिक २४ मा सबै धरौटी बुझाएर छुटेका थिए । अञ्जन र रितेशले ५ लाख, सागरले १ लाख ५० हजार र अन्य खेलाडीले ५० हजार धरौटी तिरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार